This page has been proofread
डराएको मूसा थरथर गरी काँप्दछ अनि
"प्रभो, माफी पाउँ अलिकति त लाग्नेछु म पनि ।"
"कुनै मौका पर्दा यस जगतमा काम प्रभुको"
कुरा सुन्दा यस्तो हहहह गरी भार हलुको ॥
लिई पंजामा त्यो हहहह गरी भन्छ "भुसुना
तँ कामै लाग्छस् के कुन दिन कसोरी र मकन ।"
भनी हाँसी "जा जा ! अब तँकन त मारुँ यस दिन
गयो जातै मेरो सब" यति भनी छोड्छ उकन ॥
पर्यो पासा उल्टो करम गतिको एकदिन र
पर्यो पाशो आफैं कति न म छु भन्ने वनतिर ।
बडो गर्ज्यो तान्यो झटपट गर्यो व्यर्थसँग त्यो
बिकम्बा भो सारा बल, तमक, शेखी सकल त्यो ॥
सुनो आयो मूसा मुसुमुसु मुसे दाँतहरूले
यसो हाँसी जम्दै मकन नपत्त्याइ अरूले ।
त्यसै हेलाँ गर्थे तर जिउन बक्सी हजुरले
म छुट्कारा गर्ने प्रभुकन भएँ आज अहिले ॥