This page has been proofread
चपाए कोहीले रउँ पनि मुसे दाँतहरूले
कुनै नाचे चढ्दै शिरउपर लामा पुछरले ।
कुनै वर्ले खुर्खुर्, तलतिर, कुनै पुच्छरतिर
भयो नाचै जस्तै तिनकन त्यहाँ मेट्न रहर ॥
बडो मानी झर्को छिनछिन अजङ्को छ सुतुवा
छ हप्कार्दो मूसाहरुकन बडा टुष्ट भँडुवा ।
नटेरी चल्छन् ती छिनछिन उ हान्दो छ त पनि
दगुर्दै छल्छन् ती चतुर सब छौं झैं रुखमनि ॥
बडो दिक्कै पार्ने सकल भुसुना मार्नु न त्यसै
न निद्रा नै लाग्यो न त सहनु त्यो खुर्खुर उसै ।
चिचीं चूँचूँ गर्ने फिरफिर हुने काम कसरी
भयो राजा जस्तो पशुसरि प्रजाका दुःख घरी ॥
कुनै यौटालाई पकडसँग शिक्षा दिउँ भनी
डरै लाग्दो पंजा बहुत हलुका उठ्दछ अनि ।
लिई यौटा मूसा चिचिचिचि गराई यति पनि
भयो त्यो सिंहैले अब त भँडुवा मार्दछु भनी ॥