खुल्यो चाँदनी चारुको निस्कनाले ।
त्यसैबीच चाँदी किनारा उज्यालो ॥
सबै प्रेमका भावका कोपिलाको ।
लिई चारु उक्साइको गन्ध छाले ॥
(५९)
सबै बैंसका लाज लाली सुराले ।
शाशी झै परीमा शशी मुस्क्राइन् ॥
मिही व्यङ्गय जस्ता गुलाबी सफाइ ।
" लिएका अनौठा नबोल्ने कुराले ॥
(६०)
सुधासङ् लिएको सुधारशिम छाई ।
खुल्यो दिव्यता बाटुलो झल्मलाई ॥
कलीलोपना हास्यमा कल्कलाई ।
प्रभाको सफा नव्य संसारलाई ॥
(६१)
हरे ! देख्न पाए तिमी बुझन सक्थ्यौ !
रहेछन् केती स्वर्गमा झिल्मिलाई ॥
बनी च्याखुरा नेत्र भै मुग्ध दोटै ।
नबोलूँ नबोलूँ पिक भो मलाई ॥
(६२)
जुनेलीपनाले बने झैं सजीव ।
थियो नेत्र पानीभरी कल्कलाई ॥
यसै उड्दछन् की दुवै नेत्र मेरो ।
तिमीतर्फ भन्ने छ झस्को मलाई ॥
(६३)
भए चित्रकारी भरी रङ्ग भारी ।
त्यही चाल झल्का सफा ठिक्क पारी ॥
जुनेली दिई दिव्य पानी उतारी ।
जगन्नेत्रमा मोज दिन्धें म भारी॥
(६४)
Page:Shakuntala.pdf/49
Appearance
This page has not been proofread
