हरे ! सक्छ को खिच्न रेखा मिहीन ।
परी इन्द्रमाया जगत्मा दिएन ॥
सधैँ कल्पिनाको लिएका मिठास ।
भयौँ तिर्सना मूर्ति झैं चित्र खास ॥
न साफल्य पायौं न बन्छौं हताश ।
(६५)
न मिल्ने, न खुल्ने, न फुल्ने, न गल्ने ।
सबै चीजको झै तिनी छन् मिठास ॥
लता विश्वकी श्री सफा दिव्य पाई ।
फुले झै हिले झैं छुँदै स्वर् बतास ॥
(६६)
छ जो नेत्रको नीलिमामा चढेकी ।
उज्यालो नटी दिव्य सौदामिनी भै ॥
घना केशको मेघ चढ्दा हिमाल ।
यहाँ नाच गर्थी बनी दिव्य ज्योति ॥
(६७)
कुरङ्गीहरूका हरा राज्यरङ्गी।
वनैया कलेजी कलीला मुनाले ॥
ननोलेर बोल्थे त्यसै भल्किनाले ।
मुगाओठ राम्रा मिही झल्किनाले ॥
(६८)
त्यहाँ ब्रह्मको अमृता$नन्द झल्की ।
तपस्वी रमाए सुधा दिव्य टल्की ॥
त्यहाँ खोज आफ्नो पुग्यो सिद्धिचूली ।
भए मुक्त ज्यूँदी जगज्जाल भुल्दा ॥
(६९)
लिए हात आहा ! लता झैं कलीलो ।
'शाशीको सफा बाहुली झैं हँसीलो ॥
जहाँ पुष्परेखा नशादार राम्रा।
छुँदामा नशामा नशा झैँ दगरर्छ ॥
(७०)
Page:Shakuntala.pdf/50
Appearance
This page has not been proofread
