(११६)
विश्वामित्र प्रशस्त धन् मिलि तहाँ खू भयी गैगये ।
राजालाइ पनी त तेहि डुमका साथ्मा लगाई दिये ॥
दूईचार लगाई बेत पहिले नेल् हत्कडी सब् धरी ।
सास्ती धेर दिंदो भयो श्वपचले[1] राजा पनी त्यो वरी ॥
(११७)
शोक्ले ग्रस्त भई प्रिया सुत भनी चार टीन भोकै रहे ।
पाँचौं दीन बिहान भो जब तहाँ नेल्देखि खुल्दा भयो ॥
बोलाईकन सामु लाल नजरले यो भन्छ चांडाल् तहाँ ।
काशी दक्षिणभागमा अतिठुलो जान्नू मशान् एक्वहाँ ॥
(११८)
ताहीं गैकन हुन्छ जौन रितले मीलोस् तही कर् लिनु ।
यो लाठी विरवाहको भनि तहाँ सब्मा सुनाई दिनु ॥
आज्ञापाइ ति भूपती पनि गये कस्तो मशान् त्यो भने ।
देख्तैमा पनि प्राणि मात्र सबमा विह्वल् गराई दिने ॥
(११९)
स्यालकुत्ता अनि गिद्धलेसहित भै जुन्मूर्तिमा वास्लिने ।
आधा अङ्ग जलेर खालि भुमिमा मुर्दा कहीं देखिने ॥
जल्दैछन्कतिजल्नलाठिकछन्स्याल्गिद्ध खान्छन्कती ।
कोहीमर्न तयार छन्जलमहाँ रुन्छन् कती ता बसी ॥
- ↑ चाण्डाल — मशान र मुर्दा को दस्तूर लिने र वापती मानिस काट्ने ।