Jump to content

Page:Satya harihschandra katha.pdf/30

From Nepali Proofreaders
This page has been proofread

(१०४)
*राजा को विलाप*
अहहा! प्राण पियारि मेरी रानी ।
अह रोहीत ! पियार पुत्र नानी ॥
तिमि दूबै नहुँदा कसोरि बाच्नू ।
धिक मैले त असल्‌ हुनेछ मर्नू ॥

(१०५)
तर कर्म कसोरि छोडुँ ञाहाँ ।
ऋषिको द्रव्य दिनूछ बाकि वाहाँ ॥
तिमिमा धन्य प्रिये, रहेउ आँट ।
सहजै छोडि गयौ नि मेरो साथ ॥

(१०६)
अब ता भेट हुनेछ फेरि काहाँ ।
प्रिय, एक्लै कसरी बसौं म ञाहाँ ॥
न बसौं, जाउँ उठेर फेरि काहाँ ।
विधि हे, गर्नू गरिस्‌ मलाइ ञाहाँ ॥

(१०७)
यै बीचमा कौशिक फेरि आयी ।
भन्दा भये देउ दिने मलाई ॥
राजा उठी द्रव्य अगाडि राखे ।
फेरी उनीले अरु अत्तु थापे ॥