Jump to content

Page:Satya harihschandra katha.pdf/27

From Nepali Proofreaders
This page has been proofread

(९२)
क्यै दूर गै उच्च गरेर बात ।
किन्छौ कुनै दासि म बेच्छु एक ॥
चाण्डाल्‌ सरीको म छु सूनि लीनोस्‌ ।
शास्त्रोक्तको मोल मलाइ दिनोस्‌ ॥

(९३)
विश्वामित्र ऋषि कुनै धनि बनी आये अगाडी वहाँ ।
दासी किन्छु मलाइ देउ अहिल्यै दिन्छू रुपैञा यहाँ ॥
को हौ स्त्री किन बेच्तछौ तिमि भनी येती भनेथे जसै ।
राजा उत्तर क्यै न दीकन तहाँ चुप्‌चाप लागे तसै ॥

(९४)
शास्त्रोक्तको मोल्‌ सब ताहिं दीये ।
ती रानिलाई तहिं कीनि लीए ॥
ली जान लागे अति रोइ रोई ।
लाग्यो पछी पुत्र पनी त ताहीं ॥

(९५)
रानी अगाडी सरि हात जोरी ।
भन्दी भइन्‌ ती ऋषिलाइ हेरी ॥
हेनाथ! यो पुत्र पनी लिनू होस्‌ ।
शास्त्रोक्तको मोल जती दिनू होस्‌ ॥