Jump to content

Page:Satya harihschandra katha.pdf/16

From Nepali Proofreaders
This page has been proofread

(४८)
तन्मन्‌ले गरि राज्य पालन गरी राजा रहन्थे तहाँ ।
केहि दिन्‌पछि राजसूय गरने आरम्भ भैगो वहाँ ॥
राजाका गुरु ता वशिष्ठ मुनिनै आचार्य ताहाँथिए ।
वीधीपूर्वक यञ्च पूर्ण गरि फेर्‌ सम्पूर्ण फर्की गए ॥

(४९)
दौलत्‌ पाइ वशिष्ठजी खुशि भई जान्थे र बाटामहाँ ।
विश्वामित्र मिलेर सोधनि गरे जानू भएथ्यो कहाँ ॥
यो सत्कार कहाँ मिल्यो धन बहुत्‌ कस्ले दिएको भनी ।
यस्तो प्रश्न सुनी व्रशिष्ठमुनिले सारा बताए अनी ॥

(५०)
दाता सत्य प्रतिज्ञ धार्मिक तिनै राजा हरिश्चन्द्रले ।
ठूलो यज्ञ गरे खुशी अति भई पूजा गरे भक्तिले ॥
बुझ्नोस्‌ तीसरि कोहिछैन अहिले दाता दयालू पनी ।
साँचो बोलनमै छ सत्य तिनको भन्नै सह्रानी सुनी ॥

(५१)
विश्वामित्र महाँ पुरानु नृपको बैरत्व हूँदा वहाँ ।
येसै कारणले गराउन भनी झूठो प्रतिज्ञा तहाँ ॥
मन्मा सोचि उठेर जल्दि वनमा आएर ती कौशिक ।
पूगी आश्रममा बसेर तिनले माया गरे निर्मित ॥