Jump to content

Page:Satya harihschandra katha.pdf/15

From Nepali Proofreaders
This page has been proofread

(४४)
भन्थे फेरि कती त यो वरुणको छोरो नियाँले भनी ।
यस्तै बीचमहाँ वशिष्ठ गुरुले भन्दा भए यो अनी ॥
है सर्वज्ञ ऋषीश्वरादिहरू हो! वेदादीको सम्मती ।
संझी भन्दछु येहि निश्चय गरी सुनेर लेऊ यती ॥

(४५)
बेच्ने बाबु अबश्य हुन्न किन्ने राजा पनी यो घरी ।
यज्ञैमा बलि दीनलाइ किन्ने बाबू भए के गरी ॥
विश्वामित्र पिता भए बुझनुहोस ज्यानै बचाई दिए ।
येसैले श्रृति-धर्म शास्त्र-विधिले बाबू ऋषि नै भए ॥

(४६)
यस्ता बात सुनी वशिष्ठ मुनिको होहो यही ठिक्‌भनी ।
सोही बात गराइ पूर्ण ऋषिको सम्पूर्ण बोले अनी ॥
विश्वामित्रजिले कुमार संग ली उठेर जाँदा भए ।
निम्तालू ऋषि जो थिए अरु पनी सम्पूर्ण फर्की गए ॥

(४७)
राजाको पनि रोग्‌ छुट्यो खुशि भई आनन्दले रहे ।
कुमार् रोहितले सुनेर इ कुरा अत्यन्त खूशी भए ॥
आए झट्‌ घरमा ति हर्ष मनले राजा हरिश्चन्द्र फेर् ।
पुत्रैका शिर सूँघि मेलन अनी गर्दा भए प्रेम धेर्‌ ॥