Jump to content

Page:Satya harihschandra katha.pdf/13

From Nepali Proofreaders
This page has been proofread

(३६)
ल्याए ब्राह्मण-पुत्र कीनि घरमा मंत्रीहरूले जसै ।
राजाले पनि गर्छु यज्ञ भनि सब्‌ ठीक्ठाक्‌गराए तसै ॥
बाँधे ब्राह्मण-पुत्र वेदविधिले त्यो यज्ञ खम्बा महाँ ।
लागे थर्थर काम्न बालक भने अत्यन्त डर्ले तहाँ ॥

(३७)
थाले ब्राह्मण-पुत्र रून भयले थीए तहाँ जो सुनी ।
लागे रून सबै दया हुन गई हा कष्ट के यो भनी ॥
बेला त्यो बलि दीनलाई जब भो ताहाँ कसैले पनी ।
आँटैगर्न सकेन के गरि गरोस्‌ त्यो ब्रह्माघाती बनी ॥

(३८)
राजा आकुलमा परे अब कसो गर्नू मईले भनी ।
दीएनन्‌ यसमा जवाब नुपका साम्ने कसैले पनी ॥
हात्‌ जोडेर अघी सरेर झटपट् बाबू शुनःशेफको ।
लाग्यो भन्न म गर्दछु नरपते! धन्धा न होस्‌ येसको ॥

(३९)
फेरि उत्ति मलाइ द्रव्य दिनुहोस्‌ यो पुत्र गर्छू बध ।
यस्तो बोलि सुनेर त्यो निठुरको यो भन्न लागे सब ॥
हे चाण्डाल! अधर्मि निष्ठुर! पशू खुद्‌ आफनै पुत्रको ।
बेचिस्‌ लोभि भएर फेरि नपुगी वध्‌गर्नलागीस त्यो ॥