Jump to content

Page:Satya harihschandra katha.pdf/12

From Nepali Proofreaders
This page has been proofread

(३२)
आत्मा हो सब प्राणधारिजतिको छोरो भनेको जती ।
हे बाबू ! अहिले गयौ यदि भने हूनेछ तिम्रो खती ॥
मर्छै निश्चय यज्ञमा पशु सरी तस्मात्‌ नजाऊ वहाँ ।
भन्दा चित्त बुझ्यो बसे वनमहाँ वर्ष बित्यो एक्‌ तहाँ ॥

(३३)
रोग ग्रस्त भई पिता अति दुखी छन्‌ रे भनेको सुनी ।
लागे जान र इन्द्र गैकन फिरी रोके न जाऊ भनी ॥
राजा आकुल भै वशिष्ठगुरुमा सोधे गरूँ के भनी ।
यौटा केहि उपाय शोचि मनमा भन्दा भए ती मुनि ॥

(३४)
छोरो ब्राह्मणको किनेर महाराज् त्यो यज्ञ गर्नू पर्‍यो ।
छोरैहुन्छ किने पछी सुन नृपे ! शास्त्रोक्तकै बातहो ॥
यस्ता बात सुनी वषिष्ठऋषिको गर्छू म त्यै काम्‌भनी ।
तेस्तै ब्राह्मण पुत्र खोज्न भनी दूत् धेर् पठाये पनी ॥

(३५)
दुःखी ब्राह्माण कोहि एक घरमा थीए दरिद्री अती ।
थीए बालक तीन पुत्र[1] उनका आफू दुई दम्पती ॥
सल्लाहा गरि ज्येष्ठ बाबुतिर भो कान्छो उ आमातिर ।
बेचीनेतिर माहिलो हुन गयो बेची दिए आखिर ॥

  1. (१) अजीगर्त (२) शुनःशेफ (३) शुनःलांगूल ।