Jump to content

Page:Satya harihschandra katha.pdf/11

From Nepali Proofreaders
This page has been proofread

(२८)
लौ लौ भनी वरुणजी अनि फर्कि आये ।
यस्तै प्रकार्‌सित पाँच पटक् अड्याये ॥
आखीर रोहितजिको व्रतबन्ध आयो ।
सूनेर बात् वरुणको मन हबडायो ॥

(२९)
भागी तहाँ वनमहाँ नृप-पुत्र धाए ।
खोजेर लेउ भनि दूतहरु धेर्‌ पठाए ॥
यै बीचमा वरुणजी फिरि सामु आये ।
साह्रै डराइ नृपले सब हाल्‌ बताये ॥

(३०)
अत्यन्त क्रोधित भयेर वरुण्‌जी ताहाँ ।
दीये शराप नृपमा उहि बीच माहाँ ॥
राजन्‌ ! जलोदर भई अति दुःख पाए ।
यो श्राप दिई वरुण फर्कि दुरुन्त आए ॥

(३१)
लाग्यो दारुण शाप तत्क्षणमहाँ ग्रस्तै गर्‍यो रोगले ।
वैलाये नृप तेस माथि मनमा झन्‌ पुत्रको शोकले ।
छोराले इ कुरा सुनेर वनमा जान्छू घरैमा भनी ।
लागे इन्द्र अगाडि गैकन अनि रोके नजाउ भनी ॥