Jump to content

Page:Prometheus.pdf/99

From Nepali Proofreaders
This page has not been proofread

पूर्वीय मघ्र सुवर्ण सलिलाशयतिर ।

(११)
ठीक यसै बेला अल्पिरहेको सुन-करमा
मधुर पंखहरू, सिडियाभन्दा गह्ंगा, चले;
स्पष्टतया सागर-परीहरूका । दुर, दूर
दक्षिण-पर्चिमबाट ती पूर्व-उत्तरगामी
आकाश-मार्ग ! एक मुँड भई ती आए,
ब्िविधराग परिधान प्रभात रशिममा
आकाश सन्‌ रुन्‌ रंगी रपष्ट, मनोहर !

(१२)
एकै क्षण रुस्की प्रमिस महावीर ती
नब दंडको आशंकाले, अलिकति फर्के
त्यस दिशातिर । समीपवर्ती सुनिए तब
पंखदार परीहरू, पोशाकिएका प्रतिभामय !
अनि तिनको मन, प्रखर-ज्वर-संतप्त,
शीतल भयो । अविदित आशा आई नवोदिता ।
जस्तो साउनमा दीर्घ खडेरीपछि कृषक
देख्दछ सलह राकसका सूर्य-मंडलछादक
जुंडहरू छचान्नब्यान्न, नव बादलदलले
श्यामलीकृत गगनमा, प्रगाढ शौलउपर,
ती उत्तराभिमुख, अन्तदैत्यहरू करौंतीला
प्रथम अमटमा म्रीकर छितरबितर,
भाग्छन्‌ कताकता जस्तो दु:स्वप्नहरू मानसका
दुखसंतप्त ! अनि मधररंगी इन्द्रधनुष
आशाको रंगिलो सेतुबन्धन झैँ गगनमा
लाग्दछ सुन्दर । त्यस बेला दक्षिणी अनिलपंख
ओसिलो वनचलनीद्वारा संचालित मधुर
बन्दछ जोतपेशाको अनुभवको आनन्द !

(१३)
आए जतपरीहरू सलिलद्शी कोमला, तन्वी,
सुकुमारबदनी, कान्तकुन्तला मनौहारिणी
समुद्रसुताहरू ! ती थिए सकल पंखदार ।
नेप्चुन वरुणदेबका पारदर्शी मधुर नीलिम
सलिल-प्रासादका निवासिनीहरू, चंचल !
हरितकेशी थिए ती, लहलह रेशम सलमल
चमकदार रोमहरूले समाढथ बान्किला शिर,
तुहिन ललाटमा लरबर अलख पन्साउँदा,