Jump to content

Page:Prometheus.pdf/98

From Nepali Proofreaders
This page has not been proofread

चेतहीन- जगाङ कस्वप्नले पीडित मानव !

(८)
"कला, लयदार तिम्रा कर-प्रहारमा जन्मी,
उम्ली, उम्ली सुवर्ण जोश मधुरोदय-क्षणमा !
सूनसान नभको, मानसपटरेँ नामेट,
चित्रिन लाग्यो सुन्दर चेतले नवसजनको
अँकेय बादल सामगीमा, क्षण, क्षण ।
संगीतमा प्रथम संसार बनायौ, त्पन्दनले,
अत्यानन्दित ए गीतिकवि ! ताल रुधिर
सद्श तिम्रो हृदयप्रयास आत्म-प्रकाशनको
कल्को सुन्दर अन्तरिक्षमा ! ए उदित तमोबीर ।
थिन जुल्कामा शिखरका सभ्यता जन्मी,
ए विहगाह्वय ! निमीलित कमलक्रोड
मानवहृदय-गुरुसमान पलपल आतपित
उक्स्यो सुगत्ध-विस्तार ! । जय देव अपोलो !
जय, जय, सुन्दरताका साकार स्वरूप समुदित ।

(९)
"महबीर छौँ अकेला, आत्मज्योतिप्रसन्न ।
महानिशासँग कुस्ती खेली विजय सिन्दूर-
सुन्दर ज्ंगमा समुच्च ! प्रति पतनमा समृत्थित,
अभिनव प्रतापले, ए नित्य देदीप्यमान !
इतिहासञ्ञ विश्वका ! सुवर्णशर निसंग,
तमो-रणी । केवल संगीत, संगीतले सुन्दर,
शिखर दीप-सज-समाहत पत्यृषाप्रिय,
रचयिता संसारका प्रतिदिन, प्रतिदिन !
तिम्रो प्रथम रश्मि छ शीतल, शीतल !

(१०)
रमरम प्रभातको अभिराम उदयले
मन्दात्दोलित अनिलकणी शीतिला
ओससुगन्धी वनपण्प सार चोरी चले,
शीतल चार ओर दलदल आन्दोली
मधुर, मधुर...जललन ललित चिप्ल्यो
इन्द्रेणी चिप्लेटीमा, अल्पायु ललाम !
चुलबुल चिडिया चँगी चँगी बोले
चंचल फरफर ! किल्के दूर, दूर शिखर,
प्रथम प्रबुद्ध वकबधान नैनसूकी
पूर्वाभिमुख फर्फरियो मीनताक