अतिकोमल ओऔजका, जलअप्सरा अनुपम !
तरल सलिलसम नृत्य-प्रवत्त कलात्मक
चारु चारु अंग ! कलाचपल कल्लोल कलिका !
सगबग, सगबग, सपनासरि चारु स्वरूप !
कमल कोभी कोमल स्वप्निनलायक उच्चारन
निमित्त अनुचित ! जलबुना अबला ती
कलकल बोल्थे, चिप्ला पेबुलमा बुलबलजल
सदुश कोमल अति पातला सूचनासुन्दर
माक्रजाली वत्तनमा रेशमिला शोभित,
जून-जल-बना सामुद्रिक परी पटहरूसरि !
ती फुल्किन्थे नरम रश्मिमा नरम प्रभातको !
(१४)
ती जलदृशी प्रमिधसका वरिपरि आए
आकाशमार्ग । स्नेहका स्निग्ध आदर्श स्वरूपछेँ,
आए ती महावीरका चार ओर ककेसस-स्कन्ध
खिरबिर छिरबिर भयो रंगीन जुहारले
चमचम तिनका, अंग अंगका सुन्दर ।
रत्नाकरका बक्तीसहरू रश्मि रफोट समाढघ !
(१५)
देखी पर्नतकीलित प्रमिथसलाई ती रोए
सुँक्क, सुँक्क, करताको असहन तिनको
उर् उक्साई वेदनाले सहभावमा उल्यो,
बर्रबर दुग फारी बैँद, बैँद, करूणाका
मदुल कपोलमा गोल गौल उडे, सुन्दर !
जसरी बज्जाहत तनभागमा प्रथम समट
पावसको श्बासको सहानुभूतिशील
पल्टाउँछ पात, पात बरबर पारी जलकण,
त्यसरी एक सहभाव लहर चल्यो तिनका
ज्ञलमय, जलमय उरमा अगोचर् !
(१६)
बोले तब ती सलिल अप्सरा सुस्दरी:
"दूर वरुणप्रासादमा मरमर प्रकोष्ठमा
स्वर्णदीपले झुलरुल नित्यप्रति और साँग् !
सुन्यौं हामीले दूरश्रव्य हेफिस्टसका धन ।
टड्कारोसँग चद्किरहेको थियो क्रुर, क्रुर ।
रोयौँ हामी ओह, वेदना ! कसरी हेरौँ यस्तो ।
(१७)
"नंगा पयर आयौँ; भुली खराउ रत्नजटित ।
Page:Prometheus.pdf/100
Appearance
This page has not been proofread
