Jump to content

Page:Prometheus.pdf/97

From Nepali Proofreaders
This page has not been proofread

अनन्तकालीन दुःखका गभीर विरफीट !

(५)
धुवताराकी युगल संगीको परिक्रमाको
कोण फैलेर गयो । अब कृष्णवसना रजनी
थाकी निद्राले गभीर ढल्किन्‌ परशिचमतिर ।
चीसी श्वास भयो उनको । शीत समीरण
अलि अलि बिउँझिई पतलाउन लाग्यो
प्रगाढ अन्धकार, मिरमिर, मिरमिर,
कइरे धुवाँसो छिदै आयो पूर्व छिद्रमा ।
रेखा मिरमिर जागे नैश विलयबाट ।
अनि ₹ंग । तब दल पर्से प्रथम सुभावमा ।
अनि शीतमुक्ता चल्पलाए मन्दानिलमा
सिरसिर !

(६)
अनि र्‌विदेव, नित्य तरुण ती,
लालिमाका अंकमाली अंशुमाली आए
सुकुमार कुमार रशिमिमा सुन्तलारंग !
तब ज्वरपीडित भालदेशमा गरम, अनिद्व
प्रमियसको एक अलौकिक अमृत
शीतलताले दियो मृसार, प्रथम रश्मिमा ।

(७)
अलि बौरी ती बोले: "जयदेव अपोलो, रषिमपति,
सुकमार, सुन्दर सतत युवा नभचारी !
संगीतविशारद, सुवर्ण वीणाधारी, सुन्दर !
जय लालिमावल्लभ, शिखरारूढ ! तिमिरारि !
सहस निहगले उड्डीयमान तरुणतनु !
बीचि-बिचालित सिन्दुर उदययशको
सुन्दर तिम्रो ! ए जगत्‌ उद्घारक पतंग !
सिर्ज नव सुन्दरता संसारमा तिमी, कल्पी
नवे, नव कला नितनूतन । एक कलापति !
तुत्दर आगमन तिम्रो ! सुन्दर किरण
प्रस्तरमा तर तर प्रतीचीको उरभर प्रोज्ज्वल,
संगीतमय मधुर शीतल कर-प्रपात !
ए कमलिनी-वल्लभ । लव लव सलिलका
सलील पारी समीरणमा किरण रफुट
उदीयमान ! सुनतत्री तरल बजाउ सहस !
संसार अञ् असुन्दरमा सुषुप्त छ, सब,