(१)
थोप्ले पख्चेटा भएको कालो पंछीसरि आयो
फ्न् फुन् कालो बन्दै, कालो रात, उस्तका पंख
फैलिई प॒थिवी-मंडलउपर अचल रहे
अचलोपरि ! केवल-चमचम, चमचम
छनि चम्के सुनील छदमा, गगन-मंडलको ।
(२)
रूप, रंगहरू पसै मिरमिरको नीडमा
प्रकृति उडिन् मन्द समीरणमा शीतल
बृक्ष अचल रहे खडा, विस्तृतकर ती,
आकाशबुट्टे, मिरमिर ! केवल एक दुई दल
चुंबनमा प्रवत्त अलि प्रेरिन्थे मन्दानिलले ।
अजिन पक्ष उड्यो टाँगिएका पखेटामा ।
बाटुल आँखे दिन-सुतुबा भुल्का जाग्यो, टुहरी ।
(३)
कालो अगोचर पोशाकमा निद्रादेवी
तारा-लोकहरूबाट गिरिन्, सुस्त पयरमा,
लोचनभित्र पसीकन, नीलिम निवासमा,
ढोका बन्द गरिन्- बुन्न जादूको जाली, सपना ।
पशुसमेत लट्ठ परै उनका टूनाले
बास, बासमा घाँसदार ! वानस्पतवाल,
बराबर तर्सी हाबामा सोकाले, सुतिरहै ।
(४)
नीरव मध्यरातमा, ढुकढुकले विहीन,
सन्नाटाको मुटुलाई चिरी बराबर,
दुःखका आवाज गभीर उठ्यथे, दुर द्र-
सम्म बिलायो । चट्रानहरूको कोणमा
पुन: प्रक्षिप्त ती रव सुनिन्थे विचित्र !
मानौ प्रेतका रोदनसमान सुनिन्थै ती,
Page:Prometheus.pdf/96
Appearance
This page has not been proofread
अष्टम सर्ग
