Jump to content

Page:Prometheus.pdf/95

From Nepali Proofreaders
This page has not been proofread

काँपे पर्वत, कन्दरा उपत्यका, शंग, शँग ।
आकाश छायमुहार भयो सहसा । त्रासको लहर
चल्यो विश्वमा एक बार । जस्तो महाक्रान्तिकार
त्रिलोचन एक महाकविको उन्मादित उद्गार
अयुत मानवताको उद्देलित पार्दछ पारावार,
पहिले चासले, चकित । अनि जोशले, उत्साहले
एक उष्ण लहरसमान, लोचन, लोचन उत्तैजी ।
हृदय, हृदय घडकाउँदो शीघ्र, शीघ्र स्पन्दनमा !

(५५)
तब पुलकित अवनी प्रसन्न भइन्‌ त्यहाँ
शस्यरोममा लहलह सरसर ! शीतल प्रवात
ननप्रनुद्ध दक्षिण सागरतटको बल्यो
ओस-आँत, सुशीतल वनदलचलनीद्वारा ।
त्यल्ले मुत्तान्यो महावीर प्रमिथसको ललाट
वेदनास्वैद चिटचिट ! महान्‌ सागर सहर्ष,
गीष्म अर्कको ज्वलित बिम्ब डुबाई, हाँस्यो,
सिन्दुर छरवर पहिले, अब गोधूली प्रसन्न ।

(५६)
अनि तारा आइन्‌ सांध्यकालकी सुन्दरी,
गुलाफी बादल कल्चेकी, स्वर्गा,वतरिता,
अश्रुवर्तुला, सबभन्दा पहिली आकाशमा,
तीव्र तेजले चमचम ! आइन्‌ ती हेर्न व्योमबाट
त्यस अनकंटार एकलासको महावीर,
प्रस्तरकीलित ! स्वर्गको घंकावट गर्ने
उसकी महाललाट हेरी ती मुस्करिन्‌ ।

(५७)
तर ती महावीर, क्षणभरको महाप्रयासले
क्लात्त, अलि लोलाए अब, ललित गोधूली
अघि, अलि सुस्त अनि अन्धकार, राकस झैँ
व्यायतास्य वैरियो छूप रंगउपर,
निगलित भए तब ककेससका गिरिरेखा ।
चकमन्न सुनसान शासन गर्न लाग्यो संसार ।