Jump to content

Page:Prometheus.pdf/94

From Nepali Proofreaders
This page has not been proofread

(५१)
"यस प्रमिथसतले बिश्वप्रेमको महाध्वजा
एक रोज उचाल्नेछ जगतमा ! ए जिउस, महाक्रर !
सत्यसिद्धान्तहीन शासक संकुचित दृगले
विरालोफेँ, उल्‌कझैँ नव युगको हेर्ला ज्योति !
अनन्तकाल छु, अनस्तकाल छ, अनन्तकाल ।
एक दिवस उतको गर्भबाट होला प्रसूत ।
जब सशैलसागरा प्रसन्नवदनी वसुन्धरा
पुलकित होलिन्‌ नव प्रातमा सत्य-विजयको
देवसंपद्हरू चहकिला चम्केलान्‌ पृथिवीभर
अहा, वेदना ! उफ, ओह, ओह, महती वेदना !
महान्‌ विचार संकष्ट ! महाभाव जन्मको
उग्र दशन !

(५२)
"हेर्‌ फक नशामा तेरो अन्धक्रोधको ज्वाला
दुगुरिरहेछ ममा हे क्र्र क्रर, स्वर्गराज !
तर ममा म प्रमिथसमा छ विदित एक
महागोप्य ! महारहस्य जो तँ जान्दैनस्‌ स्वर्गराज !
त्यसले दिनेछ स्वर्गको अलमस्त उरमा पनि
बरामर सुइरा ! असत्यको राज्यको आयु जो
अल्प गराउँछ त्यो महासत्य तँ जान्दैनस्‌
देवराज ! समयपटमा अंकित छ तेरो पतन ।
गणित छन्‌ दिन तेरा ! जिउस हे गर्वी, हे क्रोधान्ध !

(५३)
"सुन हे पर्वत, सुन नाला, सुन सागर,
ज्वालामुखी सुन, सुन हे धरा, आकाश !
मिथ्याको शासक स्वर्गको त्यो जिउस गिर्नेछ,
गिर्नेछ, गिर्नेछ, शतचर्ण ! सुन भविष्यवाणी !
भविष्यवाणी मेरो ! पुलकित भई सुन हे श्रोतृगण
सारा क्दरतका ! हे भीरु भीरु श्रोतृवर्ग ! तिमीहरू
सुन यत्ति ! यो टाइ्टान आट्मा-विजवी होला
एक वार ! एक वार अनन्त नीतिको उदार स्थितिमा
शिर्नेछ, गिरनेछ, गिर्नेछ त्यो क्रूर स्वर्गराज !
एक महागोप्य छ अश्रुत अझ ए गिरिवरहो !
एक महारहस्य ! अफ छैन त्यो उच्चारित जगमा !"

(५४)
यो टाइटान्‌ आत्माको महाघोष पर्बतगूँजी
सगर्व उठ्यो, महावेदनाको गर्भबाट गभीर ।