बहुसंख्य तन, त्यस प्रथम युगमा मानवको ।
आत्माको थियो एक ज्ञान जसले गर्दा
समुत्सुक मानब, एक निशापछि दिवस
पाएसरि उद्घाटित सुवर्णपूर्वमा, फर्क्यो
जिउस नामको बादलबाट-प्रलयछाय,
अनि प्रमिथसले उपदेश दिए यसरी:
(११)
मधुरध्वनित भावहरूको संगीतमय
प्रमियसीय संचालनमा ती मानव-जाति,
भाषामुख बन्दा अनुकरणले, लागे सुन्त
दिव्य वाणी, प्रथम विगहको झैँ, दिवस-कथा,
"मानवही, मर्दैनौ । भविष्य सुनौला तिम्रो,
तिमीहरूको आकाश, तिम्री पृथिवी, तिम्रो
संसार, संसारको दोलत, तिम्रा उडु-रत्,
तिम्रो सब पारावार, वानरपत साम्राज्य,
रणुतीर झैँ सरितांपतिका तिम्रा दिबस,
तिम्रो सब अनन्त । अन्त सब तिम्रो मानव ।
हे रंकहो, चिन राजा आफैभित्र । बन बागी--
बागी त्यस विरुद्ध जो तिम्रो हो महाकाल ।
है सृष्ट विश्वका उत्तराधिकारीहरूहो,
अधिकारनिमित्त लड आफ्ना, निडर, अमर,
(१२)
"अँध्यारामा छौँ तिमीहरू अझ मानबहो,
छौँ अरु लाखौँ भ्रमका शिकार, लटमुखा,
कुइराका काक, तिम्रो जातीय गगनमा
डाल्न नयाँ प्रकाश, बढार्न कृुइरो आकाशको,
नव जन्म दिन तिम्रो जातिलाई बहुमूल्य
अवतरित छु पुथिवीमा, म अमर प्रमिथस,
भ्रगंकर बागी स्वर्गको । तिम्रो निमित्त,
(१३)
"कीटहरू बिउंरुन्छन् किरणसँग मर्दछन्
लामखुट्टेको दिनको जीवन । मासभर
कारहरूको ...छ महीना धानको । मानन
ताराहरूभन्दा जिउँदछ जो, ज्योतिसंपन्न,
हाय ! डराउँछ बेकार, अमृत आत्मा, तँ जाग्ू,
जाग् जाज्वल्य, जाज्वल्य जागू, जाज्वल्य, घकघधक !
जाग् हे सेतो राप, प्रथम राप नक्षत्रको ।
Page:Prometheus.pdf/57
Appearance
This page has not been proofread
