Jump to content

Page:Prometheus.pdf/58

From Nepali Proofreaders
This page has not been proofread

तँ भित्र छ एक अमर स्फुलिंग अन्तर्गत ।
म छु निर्भीक । म छु प्रशान्त । निःशंक आज,
उदयचली झैँ निडर, प्रकाशतपस्बी
निडर, वेदनाहरूको समस्त, कल्पनीय
हाँकसाथ बल्दछ मेरो अक्षर तत्त्व महान्‌
म ज्वाला हुँ, म होइन माउरीहरूको मैन,
यो हुन्छ खरानी, त्यो प्रकाश... फलफुल, कलकल,
रुलमल, रुल्कन्छ अनिर्वाप्य व्यापक
मैरो अन्तर्गत । ए मानव, छाम्‌ तँ अल्त-
स्तल आफ्नो निश्चित हातले, हे मानव,

(१४)
"अज्ञान त्यसैको, अन्धकार झैँ बस्छ तँमा ।
मनमा अफ छ रात, कुइराहरू डै उद्दछन्‌
अज्ञानले उत्पादित डरको चीसोमा, नर ।
अन्धविश्वास, भ्रम, छाया खोक्रा, भित्र, भित्र ।
मासुले रंगिएको यो शवल चैतन्य पछाडि
वसन्तको अरुण अस्तकालीन दिवाकरको
हृदयसमान छ सेतो, चैतो अनलपिंड,
बातावरण पछ्चाडि, ...सुनसान सक्तैन,
सक्तैन निल्न तँलाई, मानव, नडरा तँ,
नील सुनसानको अनन्त उर फारी तँ
माथिबाट उदाउँछस्‌, तलबाट निभे, पृथिवीमा ।
अन्धकारसँग संघर्ष गर्नु हो अमर जीवन ।

(१५)
"आज छ एक ग्रहणको दिन- विश्वप्रलयको
एक नराम्रो छाया पर्दछ नर-जातिमा,
एक प्रकाशाभाव- एक मृत्युको सूतक
संसारमा, अपवित्र, अमृत रजतपात्रको
पिउँदछ आज तिम्रो कालो नाग, मुख बाई
कालो विषधर जसको दो नाम महाक्रोध,
असहन जसको स्वरूप, ध्वंतक फँफकार
जसको क्रिया, मृत्युदशन जसको परिणाम ।
आगो ओकेल्दछ त्यो, विषमय ज्वाला भयंकर,
अपृत उदरबाट अन्धकारमय- क्रोध,
महाक्रोध जिउसको-जसको निवास दिवस ।
रहनुपर्दछ सचेत मानवले जब अचेत