सुजना सुन्दरी पंगारमयी । जन मर्छ यो,
फूल-पात-पहाड-जल-तारा-आका शसहित
तब पनि मर्दैन त्यो-मर्दैन त्यो-मर्दैन ।
त्यो डोरी हो, सर्प होइन, हे मानवहो, हँस्सी,
उडाऔँ त्यसको, नबनौँ लाछी, नबनौँ कातर !
(९)
"सर्वस्व जलेको सूर्यलाई हेर, गगनमा ।
त्यो सधैँ जिउँदो सेतो राप पृथिवीअघि
त्यो अमर अपोलो कसरी जियो देह-भस्म ?
यसरी जिइन्छ मृत्युको पश्चाद-देबताहरू
पो जान्दछन् जो तिमीहरू जान्दैनौ, है मानव !
यत्ति फरक मानब, देवता बीच-यत्ति ।
तिमीहरू हौ उही अमरबीज-तर अज्ञानी ।
तिनीहरू स्फुटित पल्लब; तिमीहरू तर
बीजकोष मृत्तिकामा, तुषारमनि आच्छन्न ।
"ओ तेज, कारा तोड्न सिका" भन । "ओ किरण,
उक्लन स्तरउपर उपरिस्तरमा अक,
ग्रन्थि, ग्रन्थि छिचोल्न सिका तमका । बिरुवा झैँ
हामी प्रस्फुटित हुन्छौं बीजकोषबाट खुलामा ।
उक्लन दे" भन, "पूर्ण स्वरूपतिर । आफै हन
सच्चा, यथार्थ अभ्चम" मत्यु अँध्यारोको नाम ।
नाम उज्यालोको अमृत । त्यही, त्यही आत्मा, आत्मा,
चिन, बन, बल, दनदन बल, मानवहो !
हँस्सी उडाऔ अतिबलको, हँस्सी उडाओ नर !
जस्तो हाँस्दछ रुदा तारा तिमिर चिरी चरक्क,
बिलयबिलासी मध्यनिशामा । मर त्यसरी,
नमर्न, नगर्न नित्य । क्रान्ति, क्रान्ति, क्रान्ति गर !
तिमिरको बिरुद्ध उठ सशक्त, हो मानव,
गिज्याई मर अन्धकार, रातो वा सैतो रापमा,
अमरत्नको लेक चेत, स्वर्गविरुढ उठ ।"
(१०)
यसरी प्रमिथसते बोले, भाबको भाषामा
सांकेतिक, ध्वनिमय, उच्च स्वर- मानव भौ
पहिले विस्मित...अनि जिज्ञासु, अनि प्रगाढ
प्रभावले .संचालित । अनुयायी भए उनका
Page:Prometheus.pdf/56
Appearance
This page has not been proofread
