Jump to content

Page:Prometheus.pdf/55

From Nepali Proofreaders
This page has not been proofread

बाज तिम्रो सामु आज, स्वर्गाधिष्ठाताको बागी,
बागी प्रमिथस, निर्भीक, स्वपक्षमा अब तिम्रो,

(६)
"प्रकाशस्वरूप पुथिवीको अगृ॒त छेकी,
जव लाग्दछ ग्रहण दिनकरमा मध्य-स्वर्ग,
दैत्यग्रस्त झैँ तिमीहरू, पाउँछौ आफूलाई
प्रलयका पख्ेटामनि, कालो बाजको पंख-
समान, तर तिमीहरू अरु पुज्न खोज्दछौ
त्यही मत्युस्वरूप दानब जो मानब-रिपु,
तानाशाही पुजारीहो, नचुँड सुन्दर प्रसून,
कोमलता च्याती चढाउन त्यस क्ररको
कठोर पाउमा जो कल्ची फाँड्न चाहन्छ
तिम्रो जाति स्वकीय । मानवहो, होशियार !
होशियार सुरप्रका दयाहीन देवदेखि
रहो, रहो, मानब ! नगर पूजा जिउसको ।

(७)
"अतिबलीको पुजा कायरता हो स्वभावको,
अतिनैतिकको अर्चन आत्मबल जगत्को ।
आत्मा छ तिम्रो मानवहो । पूजन गर अब
त्यस अक्षरलाई जो तिमीहरू हौ आफै ।
यो अमर चरो आउँछ, उड्दछ समय, समय,
विलीन हुन अन्तमा शून्याकाशमा अनन्त ।
यो अगिन-स्फलिंग जो निभेरैँ भाग्दछ दर,
बल्न अर्को घ्रुवमा, अर्का गगनमनि, यो
यस ठाउँको सीमित चेतको भ्रममा पर्दा
बिलाउँछ जस्तो लाग्दछ सबलाई । तरयो
वर धुवमा छ, मरेपछि पनि, फलफुल ।
मर्दैनौ हे अमर मानबहो ! मृत्यु हो छाया ।
भ्रम, केबल उपहास, केबल छायालिंगन !

(८)
"त्यो ज्वाला हो यस दाउरामा...ज्वालाभन्दा ज्वाला ।
समकालीन सब सुरको, सब नक्षत्रअघि
त्यसको अस्तित्व एकलो, उज्यालो, चमचम !
सृनसानमा, जो सब चीजको हो मृत्यु महान्‌
त्यो अमर, ढुक्कुर ढुकढुक गर्थ्यौ तेजोमय,
सुगन्ध झैं ज्योति निकाली, फिँजाई, अनन्तको
पुछारतक दुईतर्फ । त्यही किरणमा जन्मी