जब अज शौशवमा हुन्छ पल्लव-लोहित ।
(३)
समतामा राखी व्यबहार मानबसँग, तिनी
लागे देखाउन अद्भुत चमत्कार, जसरी
क्षितिजतलका दिनकरले समताप्ताथ
ताजब जगत्को नव उद्बोधन गर्दछन् ।
चिरकाल अवलम्बित हुस्सू दृश्यउपर,
दृष्टपविरोधी दूरताको मुखको अवगुंठन,
चिरिन्छ मूर्खको शाती खैँ, स्वकीय शठताले,
धाँजा, धाँजा, बुद्धिको नव उज्यालोमा । बिहग
सुषुप्त खोल्दछन् दृग, माँस-पद्टल उचाली ।
प्रलयच्ायाले शीतांग संसार सिहरन्छ,
नवश्वास । मिद्दछन् एकलासका अश्रलास ।
स्वर्ग बनेर आउँछ पृथिवी एक क्षण ।
कविको सपनाको उज्यालोले चित्रित जगत्
तृल्य जन-मनमा, तवरूप उदाउँछ विश्व ।
अनि कंपित तरुपल्लव, त्रस्त प्रभातमा,
आश्वासित बन्दै आउँद्न् सम व्यवहारले,
जबतक छिरबिराउँदो जगत् हुन्न पूर्ण-
प्रबुद्ध ! त्यसरी प्रमिथसले आफ्नो तेज फिँजारे ।
(४)
एक थन्द्रले गर्दा वसन्त वन बन्न जान्छ
एक परी-वास, प्रभावित । कल्पनाले नव-
सृष्ट, सजीव, तिमिरविलीन कुसुम-सौन्दर्य
फुद्दछ फेरि कोमल रंगमा नजरअघि ।
नेलहर अंबुधिको बिशाल उर हिल्दछ,
भाव-छालले चल, छचल, जल स्तन झैं
फेन मुन्टो मधुर, सौन्दर्यको, तरल, सजीव ।
त्यसरी एक महापुरुषको प्रभावामृत ।
पूर्ण परिवर्तित पार्दछ संसारको स्वरूप ।
(५)
यसरी तन ती मानवमभित्रले स्वर्गविरुद्ध
मानवलाई रारै सम्बोधन ...स्वरमा निर्भीक !
"ए मानब, नित नतमस्तक स्वगधिराज
सामुन्ने, हे प्रलयसंशयी, नडराओऔ, नडर,
आज छौ वाजका कर पखरेटाका हाँकका
मनि पंछीतुल्य निर्दोप, तर छ बाजको
Page:Prometheus.pdf/54
Appearance
This page has not been proofread
