Jump to content

Page:Prometheus.pdf/53

From Nepali Proofreaders
This page has not been proofread
पञ्चम सर्ग

(१)
उलट-पेकावट माटोको, साह्रो जिद्दी, जमाहा,
पसिजाउँछ खेत-कोराहालाई गँगटोमा
जब हुन्छन्‌ दिन-आँखा । गुट, गुट बालुवाका,
माटाका, बलवा गर्छन्‌ परिवर्तनको दीक्षक,
क्रान्तिकार कट्किँदो धातुध्बनि कोदालीसँग,
जो घुसनुपर्दछ तिनका अन्धकारमा,
दाँत बजाई, क्रन्दी । त्यसरी युग, युग गरे
जन मन कृषकले सस्वैद परिश्रम,
प्रचंड मार्तडमनि तानाशाही, रस-शोषक
जब तिनका मेहनतमा अम्लान्त, द्रवित
कडा अदनको स्वर्गलि बर्साउँछ सजल
नर्माउने धूली-धौनिनी, धारा, पाबसमा,
तब लहलहाउँछ हरियो संसार, नवस्वप्न ।
यसरी प्रथम परिष्कृतिका किसान प्रमिथस
लागे क्षेत्रमा स्वकीय अथक परिश्रमले ।

(२)
त्यो प्रथम अगिन जो सृजनाको हृदय हो नितान्त,
जो किल्काउँछ सेता शिखा पूर्वीय अचलका,
प्रलय प्रलयी, प्रथम बिहंगको क्रन्दनमा,
जसको समरेखी स्वरूप छ कवि औ नवी,
ञ्रिल्किन्ध्यो नरमित्रको उरमा, बडो विचित्र,
एक बाटुलो सपना झैँ ज्वालामय धपच्प ।
उनी देख्दथे एक महास्बप्न, बिकासशील-
दीपणिखा कै जो किरणहरूको विस्तारमा
एक नवीन जगत जगाउन खोज्थ्मो स्वकीय,
-एक सर्य-भावना, मर प्रातको, दिवस