भन्न लागे रुल्सलाउँदो सूर्यलाई पछि ।
यसरी जन्मिँदी मानन-भाषा प्रकृतिबाट
अनुकरण-प्रयासिनी, वस्तुगति-संगता,
बढ्थी प्रतिदिन, मौखिक शव्दस्तायुका विकास-
साथसाथ । तर त्यस बैला अफ मानवले
स्पष्टोच्चारणमा व्यक्त गर्न सकेन त्यो भय
जो अतिमानव प्रमिधसको आगमनले
गयो संचार जताततै । कपिसद॒श कंकुँ
गर्दै सबले गिरि-उदरमा प्रकाश गरै
दृदयको मरणभावी छायादार भाव,
जसको नाम आज भयो भय । निभाउँछ कि ?
करिल्लिलिल्ली झैँ कोप्रे कँचा आकाशले, यसले
हामी मानवलाई सारा ? यसरी त्रस्त भए
नरजाति प्रथम युगका, प्रमिषस अघि,
यस अपूर्व खतराको पूर्ण बोल नपाई ।
(२६)
परदेशी बिरोधी अविकसित जातितुल्य
ती हेर्थ शंकालु, चिहाई ! आयौ यौ के गर्न ?
प॒च्छे ताराको आगमनलाई जसरी हेर्छन्
अन्धविशवासी आकल जीव ! मृत्यु या अमृत,
यो के होला ? जाँचे कसैले उनका लोचन,
कति छ इर्षा त्यसमा भनी कसैले ललाट !
सूर्यसामु आँखाका नानी झैं कायर तिनीहरू,
खुत्ने, दुस्साहसित- ती देवको तेजअघि ।
(२७)
तर प्रशान्त ती महापुरुष प्रमिथस
गंभीर मुखरेखासाथ बढे मानवसामु,
परिवर्तनविमुख, नव्पताविरोधी अघि !
प्रथम नवी झैँ सभ्यताका, नवजीवनका,
अन्नि उनको शात्त चालले आश्वासित
अलि, अलि, प्रथम मानव, अलिअलि गर्दै,
नजीक हुने गर्न थाले प्रयत्न, ससाहस,
जब उनी एक घर बनाई, प्रस्तरको,
बसे मानब -बस्तीबीच, त्यस प्रयम यगमा ।
Page:Prometheus.pdf/52
Appearance
This page has not been proofread
