Jump to content

Page:Prometheus.pdf/45

From Nepali Proofreaders
This page has not been proofread
चतुर्थ सर्ग

(१४)
सद्भावनाले प्रेरित प्रमिथसले हाले
एक खोक्रो निगालोमा धक्क गर्दा एक
स्वर्गको अगिनबीज ! रहस्यमय एक स्फुलिंग !
अनि अनल चोरी यसरी, ओर्लिए अवनी,
स्वर्गका शानदार घराधरका कराली-तल,
मानवोद्धरणनिमित्त, कोमल भावनायुक्त !
यस दिव्य चोरीको महत्व छ अकथनीय |
जस्तो गगन-स्पर्शी हिमालय शृङ्ग गर्दछ-
स्वर्गको आधा उघारिएको सुवर्णद्वारमा
छिरी, प्रथम स्फुलिंग चोर्ने सबेर साहस,
सौर नटी रहँदा अफ चीसी, प्रकाशमा अचेत !

(१५)
अथवा जस्तो गर्दछ एकलास-विलासी कवि !
निमीलित लौचन, अन्तर-प्रकाशमात,
उह्टीन उच्च स्तरमा भावका, स्वनिर्म्मित
दिव्य मुरतीमा छन्दको, क टिप्दछ फिलिंगो
अमर अँगनोबाट अलक्षित ! अबभास !
एक सुनौला धपघप, आँखामा, अन्तरको,
सबेरा विहगद्ग झैँ । अनि भविच्य-बाणी
उद्देल्दछ जन-मन-सागरमा, पूर्णप्रभ !
खलबलिन्छन्‌ सुषुप्त भाव, घचघचिँदा, दिव्य ।
चकित नर विउुँफिन्छु गजबमा, संदेशले
उसको अभिनव । स्वतनुविस्मृत क पागल
पघाल्दछ पत्यर स्वरले, सहानुभूतिशील,
आदर्शमा स्वकल्पित । अनि हुन्छ समुत्यान
एक वार नर-समाजको विश्चित्र तवरले ।