पार्सीहरूका परमेश्वर वेदका आत्मा !
जीवन - तिम्रो अतितेज्ञको एक हो स्यन्दन ।
तिम्रै पोषक न्यानोले जन्मी
मानेव-सभ्यता जोशिली, सखमकदार् ।
तिम्रो रापविना कवि न बन्यो कोही ।
तिम्रो तापबिना न एक महावीर ।
तिमी घरका प्रकाश मनका विकास ।
(३८)
तिमी परिचित थिएनौ मानबको पृथिबीमा,
ए हुताशन, प्रथम युगमा मानवको ।
तिम्रो वरदान विचित्र थियो वसुन्धरालाई ।
मानवलाई आत्माको चेत फैँ नव-विकसित
आयौ तिमी-प्रमिथसका वरदान ।
(३९)
अन्धकार हटाउन, नवप्रकाश फिँजाउन,
मानवको आयौ, अरिनदेव !......
नबप्राण-संबार गरी नरनारीहरूमा
त्यस बैला । एक नवजीवनको स्वप्न-समान
स्वीकार गरे मनुजहरूले तिमीलाई,
अति क्तब्च !...प्रमिथस महान् मानसमित्र
सुपृजित भए प्रथम मानव-समाजमा,
नवप्राप्त परमेश्वर छै प्रतीचीका ।
(४०)
अनेक चमत्कुतिहरूले नित्य चकित
प्रकाशतिर फैलियो उन्नतिशील
मानव-संसारमा, सभ्यतामा अग्रसर ।
जसरी गायश्रीजप सवितोपासक--
फूलबिश्वाहरू गीष्ममा फुल्छन्,
चौडापात, सुगन्धमय आँत, सुन्दर, सुन्दर ।
(४१)
यस अनलबीजको चमत्कारको
वर्णन गर्नुअधि, अनगिन,
बिसाउँछु विफलता व्यथित लेखनी
शब्द-हार । चुच्ची औँलाकी चरी यो,
लमपुच्छै, सिताकाशमा पत्रपत्रको
नँग्दी नील, नील कण, नुच्ची भई ॥
खोज्छे उजाउन आफ्नो चरीचुच्चो
अर्को जोशको रोशनीमा समुच्च ।
Page:Prometheus.pdf/44
Appearance
This page has not been proofread
