Jump to content

Page:Prometheus.pdf/46

From Nepali Proofreaders
This page has not been proofread

(१६)
कलाहीन पशुनर अकमक्क प्रलयत्रस्त-
तर्फ यति करुणाले अभिभूत प्रमियस
ओर्ले अरिन-पर्वतबाट नाकको, उपकार--
प्रवत्त ! निर्भय थियो उनको प्रशान्त हृदय,
असलको अमिट चेतले दु:ख-हाँका, प्रसन्न ।
एक निगालोको खोक्रो उदरमा अनलबीज
डाली, चले ती भूतलतिर, चिन्ताशील, ओलिंदा,
एक अकेला, बेमह्त, स्वकीय भावमार्गमा
स्वयं अग्रसर, मानब महामित्र महादेव !

(१७)
हुताशन, यही छ संसारको सारमय तत्व
महत्त्वपूर्ण ! यो प्रकाशको पिता, अविशलेष्य !
यही अपोलो सूर्यदेवको दिव्य कलेवर,
दागहीन, यही देवतनु, यही देवसार,
यही जगच्चक्षुको शक्ति, यही जीवनदाता,
सजन-पालन-प्रलयको यही छ कारण !
यही अमृत, यही मृत्यु यही आशा, त्रास यही,
धवाँ-धोती शतजिह्व अनलदेवता व्यापक
यही विश्वधार ! पर्वत-शिखरको साम्राज्यधार
प्रात; साँझ, यही जगत्‌ बनाउँछ अध्यृष्य,
सर्व घर्म्मको मर्म्मको दागहरण यही,
यही सती, शहीदको आहदार विलास !
यसले गरी जन्मी सभ्यता संसारमा । कबि
यसले जाग्दछ, मुल्की हृदय ! यही भावना
दिव्य, दिव्यको सृजन-राप ! यही महावीरको
स्वसृष्ट धपधप आश्चर्यकार, हताशन !
स्वर्ग र पृथिवीबीचको सीमा यही, पावक !

(१८)
रै अनल, सर्वभक्षी, विपिन-विध्वंसक तिमी !
तिम्रो प्रबल महाकोप ! कसले देख्यो तिम्रो
उग्र नृत्य वन-खाश्चमा, जब ज्वालामुख तिमी
उफ्री, उफ्री, नाची, नाची, चर्चर चबाउँछौ
युग-युगका पैदाबारी, पत्र-दारु । स्बरूप !
अन्नको विशाल वन-भांडारमा तिम्रो देव !
जब महाभोजको हन्छ महोत्सव साह्रलाद !
हुरँ, हुर, मर्तका फूँक, फुँकमा भर्भराउँदा,