Jump to content

Page:Prometheus.pdf/43

From Nepali Proofreaders
This page has not been proofread

यसमा सब सभ्यताको, सुखको धप्को ।

(३४)
"कल्पना रार अयुत शाखायुत महामहीएह
वनिश्वमूल । अन्धकारमा रहस्यमय छन्‌
उसका जराहरू अविदित; अनन्त रनायु
रस-संचारक, दलहरू अनगिन, अनगिन,
विश्वयुग, युग आउँदा, बढ्दा, क्षीण हुँदा;
हजार हुरीको जोरी... नित्य हरित, सुन्दर,
बिह उड्डीयमान, प्रकाशोन्मुख,
सुवर्ण-फलयुक्त त्यस्तै छ हुने
मानव-जीवन, मानवहो ! त्यसको
निर्माण गर यत्त स्फुलिंगका रापले ।
अमर बन । अक्षर बन । सुत्दर बन । भूविजयी ।
स्वर्गोच्च बन्न । देवपराजय गर मानव !"

(३५)
यति उच्चारण गरी प्रमिधस महादेवले
प्रदर्शन गरे अगिनस्फुलिंगको किलिफ्रिल ।
प्रपधप गर्दो कणीको उद्घाटन गरे
नर्कटको पेटमा । विचित्र ज्योतिले धप्क्यो
अनलाण्‌, देदीप्यमान-त्यो स्वर्गको आगो ।
शक्तिशिखा झैं अथवा शिरोविश्दुकी
तारासद्ृश सितराप ! विचित्र कबूल झैँ फुल्क्यो ।
विशाल संभावनाको अनल-बीज सदृश !
एक मानसिक बह्िन-समान सुनसानमा
कवि-हृदयको, मझिल्ल, किल्ल, किफिल्ल ।

(३६)
घन्य ! घन्य ! छौ अनलदेव तिमी !
ए जगजीनत दाता ! बन निर्माता !
विषिन-विध्यंस ! सुजन, प्रलय तिमी,
संपोषण तिमी सब संसारका ।
चर्षणबाट उत्पन्न ! सूर्यका सखा !
हृतभुक्‌ ! सर्वशृद्धिकर । भयंकर !
नागरोदरनीड ! पारावारनिवास !
पर्वत-शिखरका नृत्यका नितशौँकीन ।
घर्वाघोती शातजिहब अनलदेव !

(३७)
ए पावक, ए जाज्वल्य, रशिमपति !
तिमिर-सिंह तिमी, प्राचीप्रतीचीप्रिय !