Jump to content

Page:Prometheus.pdf/42

From Nepali Proofreaders
This page has not been proofread

क्रोध भनेको एक जरोको वेग हो,
अस्वस्थ प्रकृतिको, अस्वाभाविक च्याँठ,
एक उग्र गरम, जो उचाल्दछ खलबल्याई
उयलित स्नायु, स्नायु, आयु गरी क्षीण ।
ढोक्ला, पिटला, रगताउला छरछर देह,
बागीउपर हरी होला, आँधी, आँधी,
उग्रवेग । तर म रहला अग्राख्न ।
देला दुःख अनन्त, दंड भनी उसले,
तर तिनलाई परिणत गला शौकमा,
अतुभवको आनन्द बनाई उपदेशयुक्त ।
मैले डरलाई जितेको छु, ए मानव !
डर केवल जड, जड रोमको कंपहरू हुन्‌ ।
आफ्नो अस्तित्वउपरका जीना संदेह ।
म तयार छु; तयार, रुगाको घोडा चढ्न;
तयार छु डुब्न नेत्रजल सागरमा;
तयार, सुद्ररिन, रोपिन, क्टिन, हतौडिन,
कीलिन, कल्चिन लौह पयरले दृष्टका;
तयार, परीक्षित हुन अनन्तमा
अनन्त बेदनाले आज; तयार, खान खलि ।
केबल सत्यको अमृत मेरो, मानवताको मिठास ।
यी दुई चीज किकेपछि विश्व छ ररल, गरल ।

(३३)
"् कान्तिकार छु- म स्वर्राको बागी ।
विषम, अविवेकी स्वर्गको, शक्ति-सिद्धान्तयुत,
पाशव-शक्ति...म देवत्यको छु समर्थक ।
सत्य शाह हो, असत्य दास 1 सत्य छ मेरो हतियार ।
भ्रैले ल्याएँ मानवहरूहो ! तिमीहरू-निम्ति
एक स्वर्शिक बरदान- एक मेरो दयाको बक्सीस-
दैवा,नलबीज ! यो खोक्रो नर्कटको उदरमा
निहित शक्ति एक, विचित्र अगिनस्फुलिंग !
मानो सुवर्ण-किल्को कै घपधप बल्दो
तमसावत, मिरमिर अघि, प्राची शिखरमा;
जसमा छ असीम शक्ति गूढ... चकाचौंधिन
विस्तारले त्रिभुवन, रज्मिहरूको रहस्य !
यो क्ल्को सारा कताको जननी हो ।