Jump to content

Page:Prometheus.pdf/38

From Nepali Proofreaders
This page has not been proofread

प॒धथिवीमा । उनको ताक थियौ जगाउन
तृष्प्त आत्मा मानबको..................

(१८)
पशुचर्म्म-विभूषित, मैला धैला,
थिए मानन, विच्वाविहीन, कलाश्न्य;
बिकसित पशु भरखर;
विचित्र ध्वनियुत जंगली भाषा बोल्थे ।
अकमक्क परीकन हेर्थे । थिए शंकाघारी ।
काँचो मासु चबाइरहेका, कुक्कुर दाँत:
पाषाणशस्त्र, अतिशय अझ खप्ता रोमदार,
आप्स-कलही; भयंकर क्रो्मा,
नत्र लटमुखा लाटा । जे पनि पूजा गर्थे
जे संगै अति भयंकर स्बरूप,

(१९)
ती सब आए मानव-जाति जिज्चासायुत
हेर्न महादेव प्रमियसको अवनि-अवतरण,
सूर्यले अविलोचित गह्वरद्वारमा गिरिका,
फुड, मुँड, विस्मित ।

(२०)
देखे तिनले अजङ देवजीव प्रमिथस,
आजानुबाहु उज्याला, अग्ला, महत्त्नपूर्ण,
बिपुलेक्षण, देवत्व मल्किरहेका,
छायाहीन...निर्मल थिए ती बिबुधवर,
जस्तो शरदीय आकाश, शंकाहीन, प्रगाढ ।
करुण भालमा तिनको थियो कोमलता,
' छाया सढुश जलदको जस्तो तुहिनाचलमा ।

(२१)
मानव-जातिले, भयार्त, देखे तिनलाई ।
हेरै शंका$५9क्रान्त नजरले, जस्तो परदेशी-
हरूलाई गर्छन्‌ निरीक्षण अविकसित;
अथवा पुच्छ्ने ताराको आगमनलाई
अन्ध-विश्वासले आक्‌ल जीवहरू ।
तिनले बुझेनन्‌ ती अति ओजस्वी
सर्वनाश थिए या सर्बोद्वार; मृत्यु या अमृत ।
जाँचे आँखा कसैले, इर्षाको निम्ति
कसैले हेरै उच्च ललाट । कोही कातर
जँगली लज्जाले प्रवेश गरे गुहामा ।
न्यून जातिहरू ती अतिश्रेष्ठ अघि