दुस्साहसित, लखर, लखर चले ।
सूर्यकिरण सामु अतितेजी जसरी
नानी खेचिन जान्छ जगतको, सानो;
ती टटोल्न लागे, शंकायुत, उनको मुहार ।
देवतेजले कातर हृदयमा उठ्थे
बहुविद लहरी संशयका, अन्धकारमा
आगमनका अभिप्रायको उनको ।
(२२)
विश्वास दिए प्रमिथसले मानवगणमा,
एक नयाँ आश्वासन । जसरी दिन्छन् नेता
ग्रामीण लटमुख परिवर्तन निमुखलाई,
संशयशील, नवागन्तुकका प्रथम दर्शनले ।
प्रथम नवी जँँ मानवका ती मानवसाथ
सम व्यवहारले समतासँग बसीकन
लागे देखाउन अदभुत चमत्कार स्वकीय ।
श्रद्धाको बसाले जग, विश्वास जमाई ।
यसरी उनबाट संबोधित भयो मानबव-जाति:
(२३)
"ए मानव ! क्षृद्रताले सधैँ नीचा शिर जगमा !
प्रलयसंशयी, शंकाक्रान्त अनिश्चित ।
मृत्यु तिम्रो हृदयमा पार्दछ कालो छाया,
सूर्यग्रहण सदश, प्रकाशको अमृत
छैकी, छेकी । राह-ग्रस्त झैँ तिमीहरू-
अरु तिमिराच्छन्ल छौ । द्वैन भविष्य निश्चित ।
तिम्रो बदलीलाई उघार्न; डाल्न नयाँ प्रकाश
तिम्रो जातीय गगनमा; नव जन्म दिन
तिम्रो मृतप्राय जीवनलाई गर्न भविष्य-निर्माण,
अवतरित छु वसुन्धरामा म प्रमिथस ।
(२४)
"सुन मैरो उपदेश । मानव मर्नेद्वैन ।
एक सुनौला भविष्य छ उसको, चिरकालीन ।
अक्षर पर्दछ चिन्नु केबल; अमर बीज ।
तिमीहरू न कीट होङ, दिवसजीवी,
न सलह...पशुउपर छै तिम्रो साम्राज्य
वनस्पति झैँ मदैनौ तिमीहरू, मानव ।
एक स्थलमा बढी, विकसी, मल बन्न उहीँ ।
एक अमर रफुलिंग छ तिम्रो अन्तर्गत ।
Page:Prometheus.pdf/39
Appearance
This page has not been proofread
