Jump to content

Page:Prometheus.pdf/24

From Nepali Proofreaders
This page has not been proofread

असहन अतिबलको अविजित भाषा !
भाले मेघगर्जन हो, बवन्डर व्योमको भयावह,
पोथी हो पानी ।
बावु विशाल भयंकर श्रृ हो,
आमा त्यसमनिकी नानी ।
भाले चाहन्छ बिनास्न विश्व स्वशक्तिमत्त
आत्मबल -परीक्षाका लागि ।
पैतालामनि राख्न चाहन्छ पर्वत समस्त ।
सहँदैन तिमी जस्ता दुर्बल बाल ।
किच्नै खोज्दछ, मिच्नै खोज्दछ,
गर्जन खोज्दछ, तर्जत खोज्दछ,
खालान्‌ । गर होश बिल्ली-बच्चाहो !
तिम्रा बाबु छन्‌ अति क्रूर विडाल ।

(१६)
"बाघले खान्छ बालक आफ्नो, भन्दछन्‌
अतिदुर्बलताको च्याँठ लिई ।
बलिया बन ए ! मेरा बालक ।
बीज ह्वौ तिमीहरू विकासशील,
बाँजभन्दा साना, तर खडा बाँसका बाजे ।
आमा आफ्नी, बाबु आफैँ आफ्ना केवल ।
म मरेका दिन बरुनेछौ, तिमीहरूको
को थियो यस बिश्वमा एक सहायक ?
ए ! मेरा स्तनका लिसु ! रक्तका शिशुहो !
बानु अंकर हो, जननी जीवन ।
आमा आमा छ कडोरन दानाको चिश्च्याहट,
बाब्‌ एक दाना या दुईको ।

(१७)
"तब भेरो सल्लाह सुन, टाइटान्‌ वीरही !
अघ-पतनअँघि हो सचेत ।
बाबु भनेर हुँदैन बुझ्यौ राजनीतिमा ।
लेर हतियार बन सम्मिलित सन,
अन्धो अगाधदेखि अघि नै तर्स,
एक पहाइसँग एक नरको नहोस्‌ संग्राम
सफल संसारमा...स्थाभाविक हो !.........
तर झुंड, सुंड नरमा प्रचंड बल हुन्छ ।
बाहुदंडले उज्जंड घर्काउँछ तानी पहरो ।