(१२)
"बाबुहो ! अन्न बाबुको बहलट्ी सुन क्रर ।
खतरामा छौ बचराहो बिचरा !
दाइहरू छन् अगाध केैदमा,
चुंदा महापाताल ।
दिनले नदेख्ने द्र, द्र देशमा,
तिमिराच्छन्न, छन् पतित ।
स्वर्गबाट गिरेका तारा-सद्शा,
तिमिर-विलीन ।
तिम्रा पिता छन् क्र्र, क्र्र, अतिक्रुर !
(१३)
"क्षाक्ति पिपासा मदिरासरि उम्ली
मीठो, मस्त, मस्त मातमा, पार्दछ उन्मत्त ।
विनेकहीन छन् बानु !
बबुराहो !
बाघबजा बन्छन् निर्बलिया सन्तान
क्र्र बानुका बेकार !
होश गर् तिमीहरू अब त्यस बढो बाघको
जसका पंजामा म्याउँ बिराला बन्छौ ।
बच्चुहरू ! ... ... ... ... ... ..-
(१४)
प्र्म्महीन अमर्म्मञ्च पिताहरू पशु हुन्छन्,
जन्म दिन्छन् बिलास-क्रियामा, अचेत,
दु:ख दिन्छन् शक्ति-पिपासाले सचेत,
आफू अधि, उनको, पु पछि ।
पितृत्वका सूठा स्वरूप झेँ ती हन्छन् राकस
स्वार्थका शिखरस्वरूप ।
स्वसृत समेत सम्झन्छन् सैनिकसरि स्वशक्तिका,
स्वार्थ-साधनका सामग्री ।
त्यस्ता ढृदयहीन छन् तिम्रा जनकनाम ।
(१५)
"र्धिर पिए जसलै महावीर स्वपुत्रका,
स्वशक्तिका संवर्द्धनका लागि,
सन्तानपाल ती पिता यूरानस दयाहीन
भाले बाघ छन् केवल, भाले विडाल ।
पोथी धर्म्म हो, दया हो, कोमलता हो;
भाले हो केवल क्र्रता, निष्ठुरता,
केवल शक्तिपिपासा,
Page:Prometheus.pdf/23
Appearance
This page has not been proofread
