Jump to content

Page:Prometheus.pdf/135

From Nepali Proofreaders
This page has not been proofread

उम्लन्छ सुन उम्लेकैँ रुवाल्ल, फुवाल्ल, क्षितिजमा
आँसुदार, अँध्यारो वर्तमानको सुवर्ण राग !
वी धनुर्वायुका नाडीसदृश फिरफिर
चल्दा, दिवस निशाका कमजोरी क्षण,
ध्बैसी, उदित, नेत्र बिक्रमपूर्ण दीर्घ प्राचीन ।
उसका निर्जीव क्षणहरू विस्मृतिका खाडीमा
हाली, उत्कृष्ट, अनुपम सुन्दर, अक्षरको
मिष्ट चुनावले सदा समुजज्वल, सदा वाचाला !
पर्दा उचाल जननी ! वर्तैमान, अतीतको
दोसाँधमा जो अविकसित गोधुलीसरि छ
डाल सजीव प्रकाश कवि हृदपाकाशमा,
डाल-यूनात्को जगाङ, एक बार जीवन,
मधुरोद्गार, दिव्य संगीतको, कविको ।

(४)
यति चीना टुट्न तयार नाजुक नस छन्‌ तर
तंत्री आज सितारका तिम्रा ! दारण दशामा
पिईकन जलको घुटको लेख्नु छ अशान्तिमा,
सुर-सुरमा तिम्रा स्पर्श, क्रन्दनशील अंशमा
दुःख तर कविको दौलत, नाता ! खालि दया,
दारुण दया, शुष्क-रसोमयी, तिम्रो कविमा,
मसिलै हन्छ चमत्कार, फीना हुन दे नसा,
जलकै जीवनमा सुवर्णलहरको मुसकान !
अशान्त हरीको आँतमा छ प्रशान्त मिठास,
गीत गाउन जान्दछन्‌, रुनेहरू अति मीठा
तब यहाँ नाजुक सितार, लत्तिएको जगमा,
फंकार चमत्कारसँग ए संगीतविशारदे ।
ज्वलन्त, ज्वलन्त जोश दे यस वाफीलो
कविको द्यौ-अवलंबी जल जीवनमा आज
कि उद्घाटित हन नवद्वार, सत्यका संसारमा,
उन्मीलित हन्‌ चिरनिमीलित जगलोचन !

(५)
सत्यको साम्राज्य, असत्यको अन्त, पतन,
यही छ मेरो उडानको अभिनव लक्ष्य,
आज मेरो मर्म्मको धर्म्म लिएको संगीत,
आज मेरो मानवताको गान, दानवताको
उपर बीभत्स महाराग ! यदि यस विषयले