Jump to content

Page:Prometheus.pdf/134

From Nepali Proofreaders
This page has not been proofread
परिशिष्ट
सर्ग १

(१)
पर्वतशिरमा सौदामिनी जन्मन्छे जसरी
त्यसरी जुपिटर, ज्यापिताकी जटाजात गी !
ए युनानी शारदे ! ललितकलाविशारदे !
वरदा बत अब, ए अमरताको वर्म्मले
अलंकृता ! वीरहरूकी सहायिका तिमी छौ
नगउपर, पारावारउपर कठिनाइका,
पार गच्यो जसले पर्सियस, वीर युवालाई
असंभवको धावनमा, यस कठिन कर्म्ममा
देक सहानुभौतिक प्रकाश । किनकि आज
मेरो महत्त्वाकांक्षी छ समुच्छुत उडान,
पुनान-शिखरउपर सुन्दरताका, दूर ।

(२)
एक स्पर्शले तिम्रो बन्दछ माटो कांचन नै,
एक श्वासको मधुर सुगन्धमा अमरता
आउँछ मृत्युको उत्तराधिकारी मानबमा
मरिरहेका क्षण, क्षणलाई तिम्रा प्रभावले
अमृतका फल्का दिन्छन्‌ ए ! मृतसंजीवनी गी
यस लाशउपर चमत्कार गर्‌, जीवन
स्वरगिक दी अत्युच्च । म गाउँछु आज महान्‌
टाइटान्‌ महावीरको अजङ विक्रम गान,
अतीत आत्मालाई बिउँसाई परिचमको
यसरी जसरी पश्चिमका शिखर ज्योतिले
प्राचीवदन समुज्ज्बल, सजीव, पार्दछन्‌, सुबर्ण,
भर्न यस हिमालय-मंडलमा नबोत्तेजन ।

(३)
अति प्रिय लाग्दछ मलाई दुर प्राचीन ।
प्राचीन, प्रथम जोशले परिपर्ण, प्राचीन