Jump to content

Page:Prometheus.pdf/136

From Nepali Proofreaders
This page has not been proofread

दिन्छ भने तिमीमा एक जोशीलो अवतरणको
उषा-उत्साह, ओर्ल हे । आज हिमालय-अंचलमा ।

(६)
हामी हिमाचल-कृसुम-गण, नयपालबाल
अमर वबीरका अक्षर सन्तति, कदर गर्दछौँ,
बीरकथाका सुन्दर, स्नायु, स्यनायुमा समुष्णता
स्वदेशी ल्याउँछन्‌ प्यारो, ती प्राचीन मानव-उडान ।
किनकि बीरहरूको एकै छ जात जगत्‌मा,
फंकारोही, वज्जवक्ष, सर्वोल्लंघक, विस्मृततनु,
अमरोद्देश्य ! वीरहरू हुन्‌ विश्व-अमरपुच्प
जसको सुगन्ध छ एक, भूभागमा जतातता,
भर श्रवण-विवरमा तसर्थ वीरवरको
अवर्शनीय विक्रम, विश्वपूजित सुगन्ध ।

(७)
कनरकतंत्रीमा मधुर मादक लय मंत्री,
अयि तमोहंत्री तिमी ! अभिनव प्रभातको
जाम्बनद प्रपातमा अर्ध्वदृशी बनी पोख
विहग-बिहाग-पराग नयपालमा दिव्य
संगीतमा मदिरोन्मत्ता प्रत्युषासद॒श !
जन-मन-खग-द्गकी सुवर्ण-ज्योत्स्ना !
ए सुन्दर देशकी ! आउ ! बस हृदयमा, बोल ।

(८)
किन कि तिमीकन छ ज्ञान महान्‌ यूनानको
वीरहरूको सुन्दर गूनान ! अमर पुष्पको
मधुर उपवन त्यो छ; जन्मिन्‌ जहाँ सुन्दरी-
हरूकी रानी हेलेन, जसको मुख-कमल-निमित्त
तहस, सहत्त चले नौ, ट्वीपविखंडित अंबुमा--
कोह-ए-नूर जगत्‌की ती सुन्दरी शंकर !

(९)
आसत्यकलि जगदाश्चर्य तिनी मेदिनी-
महत्व ! महापंडितहरूकी प्राचीन, नीड,
भमध्य-पाराबार-किनारकी नीर नीर,
भूचित्र विचित्र छन्‌ ती : बारिद-वल्ली विभूषित,
वन-गाव्-श्यामल- शैलहरूले मनोहरा,
अति सुन्दरी छन्‌ युनान ! सकल यगमिलिन्द-
प्रशस्ता प्रसून-वाटिका स्वर्ग-प्रचुरा, यूनान !

(१०)
यति रमणीय, यति कमनीय धरणी,
यति सुन्दर क्षितिज छैन क्षिति-मंडलमा,