Jump to content

Page:Prometheus.pdf/133

From Nepali Proofreaders
This page has not been proofread

जबतक मासु पलाउला फेरि नयाँ टुँगिन
द्वितीय बार ! । ओह,...वेदना अकथनीया
जस अघि पूर्वक्लेश पिपीलिकासमान !"

(३७)
"घुतिधारी" प्रमिथस बोले, "अविजित आत्मा,
पृथिवी पद तल छ, शिरउपर छ आकाश ।
त्यो धुन-तारामा लाग्दैन बादल कहिल्यै पनि ।
बज्ज खपुँला भनी उठाउँछ पर्वतले शिर
पडोस धरातल हाँकी, प्रभंजन सामना
गरी, बोक्न आकाश...उदार हृदयले
वञ्ज कडा उरमा पुष्पभाव संचय रारी
उद्दछ, जाति संरक्षक, बहाउन करुणाका
नित्य संगीतरता भूधावनचतुरा निर्डरी ।
दु:खमा हाँस्दछ प्रमिथस अब, दु:खभन्दा,
कढोरतर प्रमिथस ! यही दु:ख मेरो रहस्य
महाविजयको, यही कारण, यही मेरो सर्वस्व !
आगामा पालिए अमर- तारा, पूर्य नक्षत्र ।"

(३८)
"बागी आत्मा !" तब हर्मीजले बोले प्रत्युत्तर,
"बाढीमा दु:ख बढ्नेछन्‌, बिजुली कै आशा निभ्नेछन्‌,
हा ! हतभागी ! कत्रो दंभ ! आज्ञा अब छ महान
स्वर्गराजको यही : सूर्यबाट अनन्त दुर,
दूर, बरेपीध खाडीमा अन्धकारमय गिरा,
गिरा उल्टो पारी, शत्रुलाई मैरौ त्यो अदम्य !
गिरोस्‌ विश्वको पुखारमा, असौर अन्धकारमा,
त्यो महाबागी दर्पशील ! त्यो घमंडी प्रमिथस !"

(३९)
यति बोलेर उडे सवर्णपादृक हर्मीज,
शीघ्र, शीघ्र आकाशमार्ग ! उडे बादलपार !
तज गडगड आँधी चल्यो दैवेच्छाको घन,
घन घनघोर ! सपर्बतसागरा बसुन्धरा
काँपिन्‌ डगमग, डगमग ! चट चट चट
चर्के चद्धान, चर्र, चर्र ! पृथिवीको छाती
चिरिएकै लाचार बायो व्यायतमुख भीषण
महाखाडीले बेपींध । मानो विशाल विश्वबाध
तिमिर कृष्णस्वरूप, निगल्न धरासर्वस्ब,
गर्थ्यो अजङको शेरमुखले बिशाल हाइ !