दिवाकर वन, विक्रमी, तिमिरसिँह ! तिमिर-
नृसिंह, अनन्तबीज, अनन्त-पुत्र, अनल !
अनलचोर अमर मृत्युको युगयुग उपहास,
उपहास गर् ! संघर्षशील पुर्वक्षितिजमा उक्ल !"
(२७)
प्रमिथस अब उग्र शान्त, उग्रताका बिजयी,
सर्वस्वज्वलनले नंगा सूर्यसमान संतप्त
शान्त, अचल, गभीर मुखमंडलका, ख्रोतक
मानब संसारका बोले : "अन्धो शक्ति लौहदंड
त्यो.लाटो फिन्छ महाक्रोध । त्यसमा छैन विवेक ।
म हराउँछु, विजयी बन्दछु, निश्चित, निश्चित ।
सफलता निशिचता मेरी । छैन शंकाको कोठी !
त्यो त्रासाधारित साम्राज्य डुब्दछ सागरमा,
चकनाचूर उग्र सत्यको अनिरुढ संगामा ।
त्यो शेरकानून रहनेछ्वैन ! त्यो विपिननिज्चान !
समुद्वरकन्या हो ! म अविकम्पित छु आज !
मेरो आट्मा स्वकीय महागोप्यले छ सबल ।"
(२८)
यी प्रवल शब्दहरू शान्त, उग्र विश्वास-
संयुक्त देवराजका तीब्र श्रबण-बिबरमा,
पुगै गन्धवाहका प्रवाहमा अप्रिय सुगंध फैँ,
गुप्तचरहरूद्धारा । देवाधिपले ओलिम्पसका
प्रेषे देवद्त हर्मीज-हर्मीज आखिरबार
पठाइए ककेससीय एकान्तमा-कडा, दिव्य
आखिरी संदेश साथ, प्रमियस थिए जहाँ,
प्रस्तर कीलित निर्जनमा समुद्रकिनार ।
(२९)
उड्ने खराउमा सूवर्ण-निर्मित तिनी उडे
्रर्मीज, देवद्त देवाधिपका, शीघ्रवेग ।
बादल फारी ओर्ले...ब्रादल समुच्च ब्यौमको
जो बिरोधी लहरमा पवनका संघर्षशील
विद्युन्मय जन्मिछन् समुच्छित गफोलुंगामा,
अन्तरिक्षमा, बुँदबुँद गगन आँतका बाफ,
बाक्ला तहदार लहरे घन- ती गोधूलीमा
विभूतिरंग...किरणनिवारक चौडा दिनमा ।
तिनका बीच चले हर्मीज आकाशमार्ग त्वरित,
ककेसस पर्वततरफ, संगठित नाहुले
प्रबल घपाई जाद्गर प्राचीत कै घर्वाँ ।
Page:Prometheus.pdf/129
Appearance
This page has not been proofread
