मुस्लो मुस्लो, पबन प्रचालित, ओसिलो त्यहाँ ।
आर्द्रववसन ती ओर्ले भूतिर...सागर कचौरा
फकल्किए, छचल्किएकैँ शिशुकरमा जल
तब उत्रे ती प्रमिधस महावीरका पार्श्वमा,
भारतचरा झैँ, शानदार पादुका पक्षनिमीलित ।
(३०)
सगर्व वचन बोले हर्मीज- अबिनतशिर
"टाइटान् प्रमियस ! पतित आज ! अविनत भ्रू
बागी देवाधिराजका बुद्धिहीन अफ् हा ! मुक ।
ए ककेससका कैदी ! बडा अगाडिको तुजुक
खतरादार छ वीर । यो घमंड हो महामूर्ख !
अतिवीरहरूको यही पतन ! प्रतिभाको
यही बक्रता ! महाबल महादेव स्वर्गराज
महाप्रभुको महाज्ञा छ, महावीर, बताउ
तिम्रो महाभीषण महागोप्य, हुदान्तर्गत !
नत्र छ महापतत आसन्न, भीषणपतन !
जसकी कल्पना रोम, रोम पुलकित पार्दछे
जड बनगात्र पहाड यस अतटका तटमा !"
(३१)
कडा कड्के प्रमिथस महाबाहु ती देवदूत
हर्मीज अगाडि, जसरी उपकाश-ध्वनिलाई
जवाफ दिन्छ शिखिर-चुच्रे उपत्यका
भीषण ! "ए तैलाधर । स्निग्धजिहन देवदूत !
समुच्च ओलिम्पस पर्वत्तको शिखरासीन
नृत्यवाद्य-सुरा-संगीत-निमज्जित दिवौकस
मुर्दा अचेतमा छन् आज । आ, आत्मपतन ।
ती अन्ध दृष्टिदार देख्दछन् कहिल्यै अन्धकार
उज्यालो आफ्नो ? तैपनि देखेँ मैले हर्मीज देब ।
दुई राष्ट्रपतिको भीषण पतन ! यो तृतीय
देवाधिराज भयंकर सत्यानाशको भीर--
किनारमा अवलंबित, कित अज सुस्दछ अन्धो ?
जाउ सुनार यही मेरो अबिनत उत्तर ।"
(३२)
"महागर्बी ! खर्बको विश्वर्ष गर्व सर्वोपहास छ
सर्वेश्वरका अगाडि प्रमिथस ! जिउसदेव
क्रोधान्ध हुनेखन् यस उत्तरले । पविधारीका
महाप्रकोपमा शिखरभेदी कलिश गिर्ला
तिम्रा अविनत शिरमा ! होश गरै प्रमिस !"
Page:Prometheus.pdf/130
Appearance
This page has not been proofread
