"जाउ देवी ! जहाँ छन् मानब-जाति धरामा
शंकाक्रान्त अन्धकारमा, अनिश्चित, छटपट ।
युद्धशील तर्सुबा तिनका आपसमारा
प्रकृतिमा प्रदान गर एक स्वर्गिक ज्योति ।
स्वकीय, सुन्दरी ! नरमा तिमी तिनका मन ।
नत्र ज्वलित भावको आँधी सतत गुम्सिदो,
बैमनस्य गुहामा, गुम्सी गुम्ती गरम होला
गरम ज्वरशील होला पृ॒थिवीमा अब जाङ !"
(२४)
विहरनिद्र एकलासमा चाँदनीचदर--
मधुर, हीरकमय, चमचम, विहारिणी
नीलवसना पर्वतनिवासिनी शान्ति सस्मिता
आइन् सुस्त, शीतल समीरण उच्छुवासिनी,
शीत जहार, मन्द मन्द॒ जलकल्लोल लोलपदा;
प्रेम पछि...कुमुदपृष्प अतिसित करमा
उनको थियो । बोलिन् ती "महावीर प्रमिथस ।
यो कमृद-कचौराको जलकण चाँदनी-
घनीभूत पेक एकबार !" ब्रारिन् मधुरचाल
त्यो कौमुदीलव शीतल, तारासदृश, उनको
शृष्क अधरमा...शीतल भो, शीतल वेदना ।
श्रीखंडशीतल ! निर्मलता शरदीय शंकाहीन
ओर्ली गगन-मंडलबाट उनमा, अनन्ता ।
तब ती महाबीरको मृहार भयो समज्ज्वल,
जसरी हुन्छ घनोल्लंघक पावस चाँद ।
(२५)
करुणा आई ढल्किन् तब उनका पार्श्वमा,
उत्तप्त ग्रीष्म गिरिको म्रजाउँदो प्रसून-
उपर प्रथम जलदको एक पाटा छाया छैँ ।
अनि आइन् क्षमा शान्तवद्नी, कोमलकरले
केश मुसारिन् उनको । धृतिदेवीले आई
दिइन् एक मीठो आश्वासक धाप पीठमा ।
प्रमिस, वेदना विस्मृत समुज्ज्वल वदन,
फुरे समुच्च जोशले...नव बल भौ संचारित ।
(२६)
"सुत्तिष्ठ परतप, उत्ति परंतप, उत्तिष्ठ !
क्तैव्यं मास्म गम; ए बिश्वबीर ! यो सत्यसमर !
पातालको समुद्वजलनिगलित पतित
Page:Prometheus.pdf/128
Appearance
This page has not been proofread
