This page has been proofread
सुनका उनका पश्मिना
गलेबन्द लाएर ।
डुब्छन् भन्छन् लुक्याँगको
तलाउमा आएर ॥
जुहार जुहार खम्बामा,
दरबार जलमा झलमल छ ।
रातमा सुत्छन् झूल तानी
नीरमा हीरा झलमल छ ॥
(६)
ह्लासाका छाना टल्कन्छन्
दुईबार दिनको टुनामा ।
घरमा ज्वाला सल्कन्छन्
दुईबार गजुर कुनामा ॥
(७)
गालामा आई फूल फुल्छन्
बिजुली छन् आँखामा ।
कस्तूरी पो मगमग छन्,
बैँसका फूलको शाखामा ।
बुलबुल जूनमा फुल पार्छन्
अनार-मुना भाषामा ॥
(८)
ह्लासाका चरा फुल उड्छन्
ह्लासाका फुलफुल सब बोल्छन्
भुइँ छ पन्ना लिपेको ।