अनुभूत हुन्छ र ग्रीस, रोम हामी ज्यादा त्यहाँ बुभ्छौं उनका कलात्मक रचनाले ती जातिका जीवन र आदर्शको उद्घाटन गर्दछन् । हामी ग्रीक स्ट्याच्यू हेरेर त्यसलाई हरहमेशा ग्रीसको जीवनसँग नाता जोडिने तबरले अध्ययन गर्दछौं, र रोमका कलात्मक सिर्जनाहरूलाई हामी रोमनहरूको जीवनबाट अलग सम्झँदैनौं । अझ यसो भन्न सकिन्छ कि कला जीवनको स्न्दरतम अध्ययन हो; किनकि हामी कलाद्वारा जातिको जीवन र आदर्श बुझ्न खोज्दछौं, प्राचीन सभ्यताको विषयमा हामीलाई कलात्मक निर्णयहरूभन्दा राम्रो रहस्योद्घाटक तत्त्वहरू अरू केही मिल्दैन ।
न त, उनीहरू भन्दछन् 'कला कलाकै निमित्त प्रादुर्भूत भयो', किनकि यस्तो आत्मसमर्थन नै जीवनको मुटु उल्लासिनु र मनुष्यको भावुक उत्थापनमा रहन्छ । कला जीवनकै आँखाअगाडि झल्किएर आउँछे र जीवनकै आँखालाई उल्लास दिनका निमित्त । जो मानव-हृदय राख्तैन, त्यो कलाकार हुन् असम्भव छ । जीवन र प्रकृतिलाई नाघे पनि कलाले आफ्नो सूक्ष्म निर्माणतत्त्वहरू तिनैबाट पाउँदछन्, र तिनैका सदस्यहरूको सृक्ष्म चैतन्यद्वारा नवरूपको सिर्जना र यथार्थताको काल्पनिक परिणति देखाउँछन् । कला कलाकै निमित्त भन्नु एक दृष्टिकोण हो; तर कलाको बारेमा सम्पूर्ण सत्य होइन, किनकि जीवन-मुटुमा आनन्द दिनु र सौन्दर्यको चेत जगाउनु कलाको कर्तव्य हो; र बोक्रे नीतिसँग सम्बन्ध नराखे पनि हृदयशिक्षणद्वारा हुने भावुक औपदेशिकता कलाको साथमा हरहमेशा रहेकै छ । जहाँ निख्खरा काल्पनिकता र कथाकौतूहल मात्र पाइन्छ, त्यहाँ पनि मानव-कल्पनाको उत्तेजना र सृजनात्मक बुद्धिको पोषणद्वारा जीवनलाई कलाले पोषण दिइरहेकै छ, र यही कलामा पौष्टिकताविना कलाको आत्मसमर्थन हराएर अस्तित्व नै कायम रहँदो होओइन । कला कलाकै निमित्त भन्ने पनि उच्चतर जीवनको अन्वेषणमा सौन्दर्य र काल्पनिक सत्यको देशमा पदार्पण गर्दछन् । 'म आफ्नै निमित्त गाउँछु र दुनियाँदेखि बन्दछु वागी' भन्ने किसिमका व्यक्तिहरू पनि जीवन खोज्दछन्, र उनीहरूको कलात्मक आनन्द तीव्र छ भने, दुनियाँले आफ्नो जीवनका निमित्त तिनलाई पनि आफ्नो गराउँछ ।
तब के खालि जीवन र प्रकृतिको चित्रण कला हो ? भन्ने प्रश्नलाई मेरो क्षुद्र विचारमा फोटोग्राफी कला होइन; र जहाँ मान्छे