(क-ख)२ ले जीवनलाई व्याप्त गर्न सक्तैन, तर म डाक्टरहरूलाई तारीफ गर्दछु । हाय ! कत्रो अन्धो कोशिश ? मलाई बुझ्न खोजने र अन्धा सहानुभूतिका सच्चाइ देखाउने लटमुखाहरूमध्ये पहिला मैले डाक्टरहरुलाई नै देखें । उनीहरू वैज्ञानिक पण्डित हुन् खँदिलोसिवाय अरू चीजलाई दुनियाँ भन्दैनन् । औषधिको प्रतिक्रिया नदेखी ठम्याउने उनलाई के काम ? मानौं अन्धाले जीवनको जरा छामिरहेछ ! र मलाई यन्त्र देखेर यान्त्रिक अध्ययन गर्दछन् । उनका ज्ञानले ने प्रपञ्चलाई प्रशंसा गरिरहेछ ? उनीहरूले जान्ने हूँ भनेर नाक फर्काउनु मेरो बोक्राको अलौकिक कदर छ । उनीहरूले फियोको कुरुक्षेत्र बुझे; मिहीन सूक्ष्मताहरू मिर्गौलामा देखे, र दर्शनको मिर्मिरे झलक गिदी-गिर्खामा केन्द्रित भएका पाए । ईश्वर छ भन्नेहरू खप्पररूपी ढकनीउपर बहस गर्दछन् । प्रकृतिका उपासकहरुलाई पनि ईश्वर-विभूतिको चेत स्नायुजालको चातुरीमा कहिले जिथ्रो काडेर निकाल्दो हो। कति माधुरी ? कति चातुरी ! उनीहरू विकास देख्तछन् त्यहाँ, जहाँ शून्यको राज्य मान्ने प्रवृत्ति डाक्टरहरूमा प्राकृतिक छ । मैले आँखाका खोपिल्टामा संरक्षिणी जादू देखाइदिएथें, तर उनीहरूले प्रकृतिलाई शिरपाउ चढाए । कानको जालीमा मैले टेलिफोनको पूर्वप्रतीक्षा गरिसकेको थिएँ । उनी अझ प्राथमिक तत्त्व बुझदैछन् । दुई आँखाका चमत्कार दुनियाँ उल्टो-सुल्टो पाएर उनका ज्योतिकेन्द्रमा भल्काइरहेछु । उनीहरूलाई थाहा छ मेरा रुधिरगानहरूको महत्त्व र संगीतकलाको प्रशंसा मैले धेरै डाक्टरको मुखबाट सुनेजस्तो लाग्छ । 'मगजरञ्जन'-को तत्त्वमा सबै ग्रामोफोन बनिसकेका थिए । मेरा अणुहरूमा डाक्टरहरू विश्वको अनुहार देख्ने थिए, तर विज्ञानले सूक्ष्मवीक्षणयन्त्रलाई हदमा पुर्याएको छैन । अनि पाचन, स्पन्दन, सञ्चालन इत्यादि एक-एक विश्वकोष छन् । मेरा थूकमा अभिप्राय छन्, सिंगानमा सौन्दर्य ! दाँतको बनोटमा विकासका क्रमहरू । गम्भीर मगजवाला फीसलोलुपता कम भएका डाक्टरहरूले बुभदछन् म के लेखिरहेछु । यिनउपर यो विचार गर्नु कि यो सब कलपुर्जे सूक्ष्मप्रबन्धी नसाको लहरादार विशालभाषी चमत्कारका मिहीन क्रियाहरू अचेत र सचेतका राज्य र दोसाँधमा अनन्तताको मधुर चैतन्य उत्पादन गर्दछन्, जसको नाम मानव-जीवन हो– त्यो जीवन जो आत्मविस्तारका क्रियाहरूमा मानवजातिको फैलावट र प्राकृतिक संरक्षणहरू गर्दै पनि छ र व्यक्तिको
Page:Laxmi nibandhasangraha.pdf/47
Appearance