लगाएर हेरिरहेछन् ! म हेर भन्दछु, कोही फोक्सो हेर्छन्, कोही नसा ! तर म तिनको अहंमानी संकुचिततामा मुसुमुसु हँसेर बसिरहेछु । डाक्टरहरूले झटारो हानेर मेरा रोगहरू निको तुल्याउँदै आए । अज्ञानको सर्टिफिकेट विश्वविद्यालयले बाँडी-बाँडी तिनलाई मोटर चढ़ाइरहेछ । मलाई तिनले गणित-सूत्रमा बाँघ्न खोजे, मेरो अङ्गसंगतिबाट फर्मुला बनाए, तर अत्तर-छालासम्म बुझ्न सकेनन् । मेरा रक्ताणुहरू तिनले परीक्षानलीमा हाली रङ्गाए; तर अझसम्म लाली बुझेका छैनन् । तिनले मेरा आँसुको विश्लेषण गरे; पानीलाई तीन समस्या बनाए र नूनलाई कृति म भन्न सक्तिन; तर तिनीहरू त्यतिमैं हार मान्दछन् । तर दुनियाँका सबभन्दा अनभिज्ञ आशावादी डाक्टरहरू हुन् । उनको पाण्डित्यदर्शन रेखादार ठेली बन्दै दुनियाँ ढाकन लागिरहेछ । अज्ञानको मुताबिक उनको घमण्ड गरीब र अपरिचितउपर पर्दछ ।
उनीहरू मलाई पो पढाउन चाहन्छन् ! भन्दछन्- फियो 'समरभूमि' रे ! रक्तसञ्चालन 'लडाइँको बाघचाल' रे, लक्षण 'समरशब्दहरू' । गिर्खाहरूले तोप-बन्दूक पड्काएको सम्म उनीहरूले देखे ? तर अरू मेरा घाउ कहाँबाट उठे, बुझेका छैनन्। फूल र अण्डाको उखानमा घोरिदै छन् । कीटाणु अधि कि रोग अधि ? मेरो रुधिरसञ्चालनको अदृश्य सिङ्गै माछाहरू पक्रँदैमा उनलाई आकाश- पाताल छ। उनै मेरो हृदयमा 'स्टेथस्कोप' लाएर कान थाप्छन् । मानौं जीवन खालि 'लब-ढब' हो ! मानिसको कलपुर्जा देखेर जिभ्रो काड्ने कोही डाक्टरहरू आस्तिक बने, तर धेरैजसो यन्त्र बनेर रासायनिक सम्मिश्रणका सूक्ष्म लाक्षणिक क्रिया जीवन हो भन्ने भीषण शठसिद्धान्तले दुनियाँको सत्यलाई समर्थन गरिने थैलाबाट मोटाउँदै गए । मृत्युको चापले डाक्टरहरूको चूलो तात्तछ र अभागी दुनियाँ हात जोड्दै अँधेरीका झटारा जस्ता गोली र झोलहरूसँग सम्बन्ध जोडिरहेको छ ।
तर हाय ! तिनले के जाने मलाई, जो मेरो जीवनलाई औषधि गर्न आउँछन् । विशिष्टता नै नास्तिकता हो, अज्ञान हो । अझ आँखेपन हो । के डाक्टरका गोलीभन्दा गोलीमा रहने विश्वास तीन चौथाई खँदिलो होओइन ? बीसौं शताब्दीको विशिष्टता सबभन्दा ज्यादा डाक्टरहरूमा भयङ्करता देखाउँछ । मेरो आँखालाई इलाज दिने त्यो छ मेरो नाक बुझदैन । बोक्रे विवेकले सूत्र बाँधेपछि विश्वविद्यालय खुल्दछन्।