This page has not been proofread
आएकी थिई, जो मेरो हृदयको हृदय थियो । त्यो उठ्थी, गाउँथी जस्तो म गर्न चाहन्थें । मेरो भाषा त्यहींबाट निक्लन्थ्यो, जहाँबाट यसले यो मिठो शब्द टिपेकी थिई । तर मैले जति गाएँ, तिनीहरुमा त्यो माधुर्य थिएन, न त त्यो मोहनी । मलाई विवेकले हरेक कदममा छकाइदिन्थ्यो, अविश्वास र भ्रमले बराबर लरबराइदिन्थ्यो । यसमा त्यो स्पष्ट मोहनी थियो, जो विश्वास जस्तो सुरिलो छ ।