Jump to content

Page:Laxmi nibandhasangraha.pdf/206

From Nepali Proofreaders
This page has not been proofread

एउटी चरीको चिरीबिरी

म घुम्दै रानीवनमा पुगेछु । टोपी फुकालेर शीतल हावाको स्पर्शले आनन्द मानेर बसें । नजिकमा खोला कलकल गर्दै चल्दथ्यो !

भ्रमणभन्दा रमाइलो विश्राम हुँदो रहेछ । हिंड्नु त्यस बेलाको तयारी हो जुन बेला हामी ठाउँ रोजेर थकाइ मार्दछौं । कामका निमित्त इनाम जत्तिको मिठो हुन्छ, हिंडाइपछिको आराम उत्तिकै आनन्ददायी हुन्छ । त्यहाँ ढुङ्गामा बस्नु मलाई कामको दिनपछिको आरामी डस्नामा लेट्नु थियो, जहाँ विपना हावा हुँदै जान्छ र सपना खँदिलो हुँदै जान्छ । नखलिस्तानको मोहनी त्यहाँ बुझिन्थ्यो । त्यहाँ गाइनेको गीतबाट मोहनी निस्लेर हावामा घुस्तथ्यो । त्यहाँ मैले बुझ्न थालें– जल किन कलकलाउँछ ? किन पृथ्वी हरियो हुन्छ । र मैले त्यहाँ त्यो आनन्द अनुभव गर्न लागें– जसलाई भाषा हुँदो रहेनछ ।

दृश्यमा केही विशेषता छैन । वरिपरि पहाडहरु उठेका छन्– कतै हरिया, कतै साङ्ग्रा, कतै बाक्ला वनले ढाकिएका । मनेरको रुखमा एउटा चरा मिठोसँग बोल्दछ ।

संसारमा अरु चिज त्यत्तिको मिठो बोल्दैनन्, जत्तिको त्यो भुवादार फुरफुरिलो चिज बोल्दछ, जसलाई हामी चरा भन्दछौं । बुझिने भाषा मानेदार सीमा नाघ्न सक्तैनन्, नअर्थिने शब्दहरुको माधुर्य प्रशान होइनसक्नासाथ भावको देशबाट निक्लन्छ । बुझ्नेलाई आखिरमा निरर्थक केही छैन । यो दुनियाँमा ईश्वरको जादुगरी मतलब नलिई बोल्दैन । हामी सधैं ईश्वरसँग हिंडेका हुँदैनौं । बराबर हृदयले दिएको ध्वनि पाउँछ र फुल्दछ, भित्र अर्थ जस्ता तर आग्रह्य सूचनाहरु आउँछन्; बुझिएला–बुझिएला भने जस्तो लाग्दछ तर बुझ्नाको र बुझाउनाको पार भाव बन्दछन्, सूचना बन्दछन्, बिलाउँछन् । जब मैले त्यस चराको शब्द सुनें मैले बुझें– चराहरुलाई किन भाषा दिइएको थियो । मेरो