Jump to content

Page:Laxmi nibandhasangraha.pdf/173

From Nepali Proofreaders
This page has not been proofread

भन्दा धेरै जना हाँस्तछन् । तर तिनलाई सिर्जना नदिनु हाम्रो मुख्य ध्येय हुनुपर्दछ । मूल कारण भेट्टाएपछि हाम्रा सबै कीटाणुहरु आफैं हराएर जान्छन् । तिनीहरुको बाहुल्यले भन्दछ– मानिस अधोविकसित छ र नशातिर बढिरहेछ । तिनीहरु जरुर हराउँछन्, मलाई विश्वास लाग्छ, जस्तो अहिंसात्मक तपस्वीको अगाडि बाघको हिंस्रकता हराउँछ । जीवहरुले स्वभाव फेर्दछन् । के विकासमा यस्तो सम्भावना छैन ? बाघहरु हराउँछन्, मृगहरु बढ्दछन् ।

तब नभन, 'संसार संग्राम हो ।' मृदुलमा ध्वनित होऊ । मानव– मानवमा मौलिक विरोध छैन । आफ्नो आत्मालाई दुःख दिनु जीवन होइन । विलयको हँसिलो लाली र रङ्गीचङ्गी चाचाहरु क्षणिक सिंगार हुन् र मिथ्याबाट आउँछन्, यदि तिनीहरु हिंसासँग सम्बन्ध राख्तछन् । वीरको आत्मालाई पनि कहिले–कहिले रुन मन लाग्दो हो ।

लोभ, काम, क्रोध, ईर्ष्याहरु सब हिंसा हुन् । म मान्छे अरु मान्छेका निमित्त बाँचेका देख्न चाहन्छु, ह्वैन; अरु पशुहरुका निमित्त समेत, बाघदेखि डराएर तपस्या हुँदैन । मासु खानेलाई सम्झाउनू, नसम्झे मासु चढाइदिनू, जस्तो कोही–कोही साधुको कहानी छ ।

तब मृदुल बन ! आफ्नो खानालाई पनि करुणा गर । दुनियाँमा क्रूरता असुन्दरता हो । नलुछ, नतान, आफ्ना निमित्त । सुस्तरी श्वास फेर, नत्र दुनियाँको सार्वजनिक वायुमण्डलबाट ज्यादा अनाधिकार श्वास खिचिएला र तिमीमा आत्मग्लानि होला ।