Jump to content

Page:Laxmi nibandhasangraha.pdf/174

From Nepali Proofreaders
This page has not been proofread

आमाको दिल

"बोट बनाएँ जीवनको ।
वृन्तहरुको झूल ॥
रङ बनाएँ प्रेम मृदुलको ।
'बाल' बनाएँ फूल ॥
पातहरुको खोपी बनाएँ ।
आकारी शोभन ॥
श्वासहरुले सुस्त झुलाएँ ।
मेरो सन्दर मोहन !
कण्टकहरुका चिन्तनहरुले ।
रक्षण गर्दै क्षण–क्षण ।
शीतल–शीतल आँसुहरुले ।
गरें प्रतिदिन रोदन ! ॥
तैपनि बैल्यो हाय जुहार ।
कसरी राखूँ म जीवन !"

यहाँ ध्वनिसँग फूलका बोटहरु फूल ओइलिनासाथ जीवनलाई निस्तार देखेर निराश शुष्कताको वैराग्यमा प्राप्त हुन्छन् ।

के कसैले बाल–वियोगमा आमाको दिल रोएको देखेको छ ! त्यो वेदना पत्थरको छातीलाई पगाल्दछ ! सूर्यको मुख अँध्यारो बनाउँछ । मानो अनन्तले घुँक्का लिन्छ । मानौं आकाश त्यसकै स्मरणले अँधेरीमा घुसेर प्रतिदिन असङ्ख्य जगत्हरुलाई 'गहभर भर नीर' बनाउँदछ । हामी जीवन र संसार दुःख रहेछ भनेर त्यही दिव्य करुणालाई समेत चैतन्यले रुलाउने क्रन्दनमा बुझ्दछौं । आशाको आत्मा पनि मलिन भएर दिनको घाममा अँधेरी देख्तछौं । महत्वाकाङ्क्षा पनि त्यस ध्वनिमा असारताको स्पर्शले झुकेर झरेका पत्तीहरु माटामा ओइलाइरहेको देख्तछ । पातका